Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

माघ ८ पछि संविधानसभा कब्जा गर्छौं

०५ सोमबार , माघ २०७११२ बर्ष अगाडि

काठमाडौं। माघ ४ गते संविधानसभा घेर्न पुगेको राप्रपा नेपालको जुलुसमाथि सुशील सरकारले अन्धाधुन्ध लाठीचार्ज गर्‍यो। त्यसपछि आक्रोसित राप्रपा नेपालका अध्यक्ष कमल थापाले ८ गते संविधान जारी भएन भने ९ गते संविधानसभा कब्जा गरिन्छ भनेर घोषणा गर्दै असक्षम नेताहरुको पुतला जलाउने चेतावनी पनि दिएका छन्।
कमल थापाले सिंह गर्जेझैं गर्जेर राजधानी र राजनीति दुबै क्षेत्रमा तहल्का मच्चाइदिए। नेपाल सनातन हिन्दूराष्ट्र घोषणा हुनैपर्छ भन्ने प्लेकार्ड छातीमा बोकेका थापाले भनेका छन्– माघ ८ गते संविधान जारी नभएको बिरोधमा ९ गते देशव्यापी विरोध र प्रदर्शन हुनेछ, र्‍याली र जनसभाहरु हुनेछन्। अव हामी सीमामा बाँधिने छैनौं। प्रहरीको सुरक्षा घेरा तोडेर संविधानसभा पुग्छौं। त्यही दिन असक्षम नेताहरुको पुतला जलाउँछौं। हामी अव चुप लागेर बस्दैनौं।
जुलुससहित संविधानसभा अगाडि सडकमा पुगेका थापाले ट्रकमाथि चढेर संवोधन गरे– लोकतान्त्रिक भन्ने दलहरुले जनतामाथि बेइमानी गरे, धोका दिए। यिनले भीष्म प्रतिज्ञासमेत गरेका थिए, आफ्नो प्रतिवद्धता र प्रतिज्ञा पूरा नगर्नु भनेको जनताविरुद्ध बेइमानी हो। १० वर्षे जनयुद्ध र ९ वर्षे शान्ति प्रक्रिया त्यसै खेर फाले, अव सिंगो राष्ट्रलाई असफल पार्दैछन्। संविधान बन्न नसक्नुमा संविधानसभाको दोष होइन, एक दर्जनजति नेताहरुका कारणले मुलुकले संविधान पाउन सकेन। धर्मनिरपेक्षता र जातीय राज्य दिने भनेर धार्मिक र जातीय द्वन्द्वको बिजारोपण गर्ने काम यिनले गरेका छन्। थापाले कड्किदै माग गरे– हिन्दूराष्ट्र, संघीयता र लोकतन्त्रका विषयमा जनमत संग्रह गर्नुपर्छ।