Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ढाका कपडा विदेश पुर्‍याउने उद्यमी

२३ सोमबार , माघ २०७९३ बर्ष अगाडि

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका महिला कर्मचारीले ढाकाको फरियालाई युनिफर्म बनाए । अन्य केही महिला ढाका कपडाको उत्थानमा लागेका छन् । यी महिला उद्यमी हुन्– राज्यलक्ष्मी शाक्य । यिनले सानो लगानीबाट ढाका उत्पादन गरेर स्वदेशदेखि विदेशसम्म पु¥याएर ठूलै काम गरेकी छिन् । हरेक पर्व, उत्सव, उद्घाटन, विमोचन कार्यक्रममा ढाकाको टोपी, खादाको प्रयोगलाई व्यवहारमै ल्याउने उद्यमी पनि हुन् राज्यलक्ष्मी शाक्य । साह्रै महत्वपूर्ण काम हो यो । राज्यलक्ष्मी भन्छिन्– सम्भावना पर्याप्त उपलब्ध छन् । सम्भावनाको पहिचानले उत्कृष्ठ व्यवसायिकताको अवसर सृजना गर्दछ, तिनै अवसर पहिचान गरी देशभरका विभिन्न महिलाहरूलाई व्यवसायको अवसर सृजना गर्दै आएकी छु ।
हाल कीर्तिपुर चेम्बर अफ कमर्सको अध्यक्षका साथै उद्योग वाणिज्य महासंघ, महिला उद्यमशीलता विकास समितिको सदस्य रहेकी राज्यलक्ष्मीले मनकामना क्राफ्ट एण्ड क्रियशनबाट निर्मित विभिन्न घरेलु उत्पादनहरू देशमा प्रयोग बढाउँदै विदेशमा निर्यातसमेत गरिरहेकी छिन् । उनी भन्छिन्– हिमानी ट्रष्टको कार्यक्रममा जाँदा विदेशी खादाले आफूलाई स्वागत गरेपछि उनले नेपाली खादा ‘ढाका’को व्यवसायिक उत्पादन बनाउन थालेको बताइन् । अहिले ७७ जिल्लामै खादा उत्पादन हुनथालेको छ । सरकारले स्वदेशी उत्पादनलाई स्कूल, कलेज, कार्यालयमा प्रोत्साहन दिनुपर्छ ।