Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राप्रपा नेपालले किन गर्‍यो समर्थन?

२५ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

एमाओवादीको प्रस्तावमा राप्रपा नेपाल समर्थक। एमालेको बिजय। राजनीतिमा स्थायी मित्र र शत्रु हुन्न भनेको एकपटक फेरि प्रमाणित हुनपुगेको छ। एमालेका अध्यक्ष केपी ओलीले राप्रपा नेपाललाई निकट मित्र मानेर सरकारको सुसञ्चालनका आफ्ना पाइला अघि बढाउने निर्णयले अव कुनै पूर्वाग्रह, दुराग्रह अथवा निषेधको स्थिति बाँकी छैन भन्ने उदाहरण देखिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन गर्नुको कारण 'राष्ट्रियताको संरक्षणका लागि' भन्दै बर्तमान अवस्थामा राष्ट्रियताको संरक्षण, जनताको समृद्धिको आकांक्षा पुरा गर्न तुलनात्मक रुपमा एमाले नेतृत्वमा सम्भव देखेर आफूहरुले सर्मथन गरेको बताएका छन्।' यद्यपि तीन दलको एकता टुट्नुले खतराको आहट सुनिन्छ भन्दै एमालेको समर्थक बस्नु पूर्व राप्रपा अध्यक्ष कमल थापाले तीन दलीय एकता हुन्छ भने राप्रपा नेपाल प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न तैयार छ भन्ने स्पष्टोक्ति दिएका थिए।
राप्रपा नेपाल राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि अहिलेको अवश्यकताले एमालेको नेतृत्वमा सरकार निर्माण गरेको हो। यो सरकार कसैको विरुद्ध होइन, केपी ओलीले राष्ट्रियताको संरक्षण, शान्ति र स्थायित्वसहितको नवनिर्माण तथा मधेशको आन्दोलन समाधान गर्ने विश्वास दिलाएकोले समर्थन गरेको हो।