Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रचण्ड ओली द्वन्द्वले कम्युनिष्ट आन्दोलन ध्वस्त

१६ बिहिबार , चैत्र २०७९४ बर्ष अगाडि

प्रचण्ड ओली द्वन्द्वले कम्युनिष्ट आन्दोलन ध्वस्त भयो भन्ने निष्कर्ष छ मणि थापाको । मणि भन्छन्– एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजनपछि नेकपा एमालेमात्र फुटेन, तत्कालीन सशस्त्र जनयुद्धको जगमा बनेको नेकपा माओवादी केन्द्र पनि फुट्यो। यो पार्टीबाट माधव नेपाल नेकपा स बनाएर अलग्ग्एि । जनयुद्धकारी माओवादीका रामबहादुर थापासहित ६ नेता एमाले भए । अझै प्रचण्ड भन्छन्, वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ । 
एमाले भइसकेका मणि थापा अझै एक वामपन्थी हुनसक्ने भन्छन् । लोभ पापबाट घेरिएका कम्युनिष्टहरु कोही पनि सिद्धान्त, नीति, निष्ठामा देखिदैनन् ।
मणि भन्छन् कुनै पार्टीमा लोकतन्त्र नभएकाले पनि वामपन्थी एकताको सम्भावना छ । उनको तर्क छ– हामीले त्यो बदल्न सृजनात्मक काम गरेका हौँ। यो भण्डाफोर होइन । हामी स्वतन्त्र हुन चाहन्नौँ। हामी पार्टीप्रति प्रतिबद्ध नै हौँ तर त्यसलाई हामी रचनात्मक रूपले अघि बढाउन खोजिरहेका छौँ। बाहिर तपाईं सुन्नुहोस् न कोही खुसी छैनन्। के माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी एकै ठाउँमा आउलान् त ? भन्ने सन्दर्भमा उनको भनाइ छ– एक ठाउँमा आउनुपर्छ तर अहिलेको चिन्तनले एक ठाउँमा आउँदा पनि घाटा लाग्छ। मैले माओवादीमा हुँदा पनि एमालेसँग एकता नगरौँ भनेर ३३ जना हेड क्वाटरका सदस्यहरूसँग मैले राखेको थिएँ। विदेशीहरूले पनि हामीलाई यति ठूलो पार्टी टिक्न दिँदैनन् भनेको तीन महिनाबाट झगडा भयो। हामीले छेउबाट भनिएको कुरा सुनिएन।