Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लक्ष्य अनुसार राजश्व संकलनको अवस्था राम्रो छैन : अर्थमन्त्री महत

२५ शनिबार , चैत्र २०७९४ बर्ष अगाडि

राजश्व संकलनको अवस्था राम्रो नभएको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । शुक्रवार आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले उक्त कुरा बताएका हुन् । 

उनले आयातमा प्रतिवन्ध,कोरोना महामारी ,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको बताए । प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचक भन्दा राजश्वको लक्ष्य बढी राखेपनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको उनको भनाई रहेको थियो । 

आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै मन्त्री डा. महतले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तिय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए ।

अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरु राम्रो रहेकोले अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको र त्यसको लागि बैंक कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको पनि मन्त्री डा. महतले बताए ।

उनेले मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि मुलुकमा लगानीको वातावरणलाई सकारात्मक बनाउन जरुरी रहेको समेत उल्लेख गरेका छन् ।