Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

किसानले किन गर्ने उखु खेती?

०९ सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

Bashudev wagle :सुनसरी, मोरङ, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी, रुपन्देही आदि जिल्लाहरुमा उखुको बढी खेती हुन्छ। यही उखुबाट चिनी बन्छ, साइड प्रडक्टका रुपमा विजुली पनि निस्कन्छ। तर उखु खेतीको कुरा जति गुलियो छ, उखु किसानको बेथा उत्तिकै तीतो र दुःखपूर्ण पनि छ। किसानले ऋण काढेर उखु खेती गर्छन् तर चिनीमिलवालाहरु उधारोमा उखु किन्छन् र नगदमा बेच्छन्। दशौंवर्षदेखि उखु किसानको पैसा चुक्ता गर्दैनन्  चिनीमिलवालाहरु। अलि अहिल किस्तावन्दीमा पैसा दिन्छन्, जसले गर्दा उखु किसान झन झन ऋणव्याजको मारमा पर्दै जान्छन्। कतिपय उखु किसानहरुले त आत्महत्यासमेत गरिसकेका घटना उखुकिसानवीच चर्चामा छ। हेर्दैन, सरकारले हेर्दैन। सरकार पार्टीवालाले बनाउने हुन्, पार्टीवालाहरुले चिनीसाहुजीहरुसाग चन्दा उठाएका हुन्छन्। चन्दा लिएपछि कडीकडाउ कानुन लगाउने र कारवाही गर्ने कुरै आएन। अनि कसरी उखु किसानको हित हुन्छ। उखु खेतीमा किसानहरु आकर्षित हुन्छन्? न त सरकारले उखुको मूल्य बेलैमा तोक्छ। उखु काट्ने बेला भएपछि व्यापारीहरु चलखेल गर्छन् र सस्तोमा उखु किन्ने षडयन्त्र गर्छन्। बेलैमा सरकारले उखुको मूल्य नतोक्नुका कारण व्यापारिक दाउपेच नै हो। जसरी पनि किसान नै मर्कामा पर्छन्। चिनीमिलहरु धनी बन्दै जानु र किसान हातमुख जोर्न धौधौ हुनुको कारण यही हो।
एमालेसग किसानहरुले खासै आशा गरेका छैनन्। गोल्छा परिवारलाई ७ करोडमा सभासद पद बेच्ने एमालेले किसानका लागि केही गर्छ र किसानहरुको बक्यौता उखुको पैसा उठाइदिन्छ भनेर किसानहरुले आशा गर्नु बेकार नै हो। एमाले ठूला व्यापारीको पक्षमा छ, साना किसानको हित यसले गर्नेवाला छैन। यसकारण उखु किसान अझै मर्कामा पर्ने निश्चित नै छ।