Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

व्यापार भन्दा उत्पादनमा लगानी आवस्यक छ : अर्थमन्त्री महत

२८ मंगलबार , चैत्र २०७९३ बर्ष अगाडि

नेपाल सरकारकका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यापारमा भन्दा पनि उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री डा.महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेकोले सुधार गर्न सबैको सहयोगको आवस्यक्ता रहको प्रष्ट्याएका छन् । त्यस्तै अर्थतन्त्र सुधारका लागि सरकारले पनि प्रभावकारीता र पारदर्शीता बढाउन आवश्यक रहेको बताए । 

निजी क्षेत्रलाई उत्पादनमुलुक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्न आग्रह गर्दै सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने समेत मन्त्री डा. महतले बताएका छन् ।