Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपालमा बनेको सवारी दर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

१० आइतबार , बैशाख २०८०३ बर्ष अगाडि

नेपालमा बनेको सवारी साधन दर्ता गर्नका लागि प्रधानमनत्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन् ।

नेपालमा बनेका सवारी साधन दर्ता नभएको गुनासो आएपछि नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको बताइएको छ ।

नेपालमा बनेको सवारी ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले कानुनको मस्यौदा अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन समेत दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै मुख्य सचिवले बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएको बुझिएको छ ।