Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भूमिहीनको समस्या समधान पहिलो प्राथमिक्तामा राखेको छु : मन्त्री श्रेष्ठ

१० आइतबार , बैशाख २०८०३ बर्ष अगाडि

भूमि व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छिन् । बर्दियाको मधुवन नगरपालिका ८, मा आइतबार टिसियन बस्तीले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन् ।

बर्दिया जिल्लामा भूमिहीन, सुकुम्बासी, मुक्त कमैया धेरै रहेको बताउदै उनले आफु पनि यही पृष्ठभूमिबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेकाले भूमि व्‍यवस्थापनआफ्नो पहिलो प्राथमिकता रहेको बताईन् ।उनले भूमि आयोगका अध्यक्षसँग यसबारे कुरा भईरहेको र मन्त्रिपरिषद, संसद भवन जुन ठाँउमा पनि भूमि व्यवस्थापनको बारेमा आवज उठाएर लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गरेकि छन् ।

पछिल्लो समय बर्दिया लगायतका देश भर देखिएको सहकारीको समस्यालाई गम्भीर रुपमा लिएको बताउदै अहिले देशभरीबाट सुकुम्बसी र भूमिहीनहरुको जग्गा विषयमा कुरा आइरहेको भन्दै यसको बारेमा भूमि आयोगसँग छलफल भइरहेको जानकारी गराईन ।  

मुलुकभर सहकारीले भूमिहीन र सहकारीको समस्याबारे आवाज उठिरहेको भन्दै यसलाई गम्भीर रुपमा लिएको बताईन । उक्त कार्यक्रममा स्थानीयहरुले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले  उल्लेखित विषयको समधान खोज्ने बताईन ।