Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बायो टेक्नोलोजीमा कोरियन सहयोग

१६ सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

काभ्रे। कोरियन राजदूत योंग जिन चोई र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ माकजु श्रेष्ठले सामुहिक रुपमा कोइकाको साझेदारीमा निर्माण गरिएको बायो टेक्नोलोजी प्रयोगशालाको उद्घाटन गरेका छन्। कोरियाले शैक्षिक क्षेत्रमा गरेको यो सहयोगको विद्वत बर्गमा प्रशंसा भएको छ।
कोरियाले 'उन्नत खेतीमा शैक्षिक साझेदारी परियोजना' नाम दिएको यो सहयोग ५५ लाखको हो। थप ५८ लाख बराबरको प्रयोगशाला सामग्रीले सुसज्जित पारिने क्रम जारी रहेको विश्वविद्यालयका एक अधिकारीले बताए। यो प्रयोगशालाको प्रमुखमा डा. अनुपमा श्रेष्ठ रहेकी छिन्। उनले भनिन्– यो प्रयोगशाला केही हप्ताभित्रै सुसम्पन्न हुनेछ र विद्यार्थीहरुले यसबाट राम्रो व्यवहारिक ज्ञान हासिल गर्न सक्नेछन्। अर्गानिक खेतीमा शैक्षिक साझेदारीका लागि यसपटक ४ जना विद्यार्थीलाई छात्रबृत्ति दिइएको छ। यो प्रयोगशाला र उन्नत खेतीमा शैक्षिक साझेदारी परियोजनाले नेपालमा कृषिको महत्व, अर्गानिक कृषि खेतीमा ठूलो सहयोग पुग्ने विश्वास कोरियाले लिएको छ। नार्कसागको सहकार्यमा यस परियोजनाले किसानहरुका लागि विशेष तालिम, जनचेतना जगाउने कार्यक्रम सञ्चालन अझ तीब्र रुपमा गर्ने लक्ष्य राखेको छ। कोरियन राजदूत चोइले अर्गानिक खेतीम नेपाली किसानले अझै धेरै गर्न बााकी छ भनेर हौस्याएका छन्। कार्यक्रममा कोरियाका जोंगजु, काङमिनले कार्यपत्र पेश गरेका थिए।