Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बादर निकासीको सोच

१८ सोमबार , बैशाख २०८०३ बर्ष अगाडि

कांग्रेसका होनहार भनिएका नेता धनराज गुरूङले संसदबाटै सुझाव दिएका छन्– “आर्थिक संकट समाधान गर्न पुँजीगत खर्च कटौती गर्नुहुन्न, बरू श्रीलंकाले जस्तै हामीले पनि बाँदर निकासी गर्नुपर्छ ।’ हरेक दिन युवायुवती निकासी भइरहेछन् । स्वदेशमा लोडसेडिङ गरेरै पनि बिद्युत निकासी गरिएकै छ । यतिले नपुगेर गठबन्धन सरकारका साझेदार कांग्रेसी भन्छन्– बाँदर निर्यात गरौं । अर्थतन्त्र उकास्ने गजबको नुस्खा ल्याए कांग्रेसीले, यो सुनेर बाँदरले पनि जिब्रो टोक्यो । उद्योग बेच्ने, कमिशन खाने हो, बाँदर निकासी गर्ने हो, कठै कांग्रेस ।