Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आर्थिक भार कम गर्न तलबबाहेकका सुविधा कटौति गनुपर्छ : महामन्त्री थापा

२३ शनिबार , बैशाख २०८०३ बर्ष अगाडि

देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारण सभालाई धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा उक्त कुरा बताएका हुन् ।

उनले स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सके मात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने बताए । हिजो नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणमा बोल्दै यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्नुपर्ने बताएका थिए ।

‘महामन्त्री थापले सांसदले तलब पाउने, संसद् बैठक बसेको बेला सांसदहरूले बैठक भत्ता पाउँने गरेका छन । तर, त्यो ठूलो पैसा छैन भन्दै यो वर्ष देशलाई अप्ठ्यारो परेकोले सांसदले हामीले सेवा सुविधा कटौती गर्छौँ भनेर लागेमा देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने बताए ।

उनले यो वर्ष देशमा आर्थिक अवस्था अप्ठ्यारो परेकोले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले तलबबाहेकका अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने बताए । साथै, देशको अर्थतन्त्र खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा खर्च कटौती गर्न निर्मम भएर लाग्नुपर्ने उनको भनाई रहेको थियो ।