Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

डेकोचा-सलम्बुटार सडक विस्तार गरिदै

०७ आइतबार , जेठ २०८०३ बर्ष अगाडि

भक्तपुरको डेकोचा,चाँगु हुँदै साँखु, सलम्बुटार जोड्ने सडक बिस्तार हुने भएको छ । भक्तपुरको डेकोचा देखि साँखुको सलम्बुटार सम्मको साँढे आठ किलोमिटर सडक बिस्तार हुने लागेको हो ।

पुर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गतको साढे आठ किलोमिटर लामो सडकको आईतवार वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शिलान्यास गरेका थिए । 

शिलान्यास कार्यक्रम बोल्दै मन्त्री दुलालले उक्त सडक खण्ड भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडक भएको बताए । साथै उक्त सडक निर्माण सम्पन्न भएपछि काभ्रे,सिन्धुपाल्चोक,रामेछाप जोड्ने र भक्तपुर आउन सहज हुने उनको भनाई थियो ।

मन्त्री दुलालले वागमती प्रदेशको समग्र विकासका लागि प्रदेश सडक पूर्वाधार गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको भन्दै गुरु योजनामा निर्माणको काम सम्पन्न भएसँगै प्रदेशले हेर्ने सडक खण्डको सूचिसहित योजनावद्ध रुपले काम अगाडी बढाउने प्रतिवद्धता जनाए । साथै सडक निर्माणको कामलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् ।