Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भारतले बिराटनगरमा कन्सुलेट खोल्ने

०८ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाडौं । भारतीय दूतावास, वीरगञ्जस्थित वाणिज्य दूतावासको प्रभावले नेपाली राजनीतिमा ठूलै शक्ति जमाउन पुगेको भारतले मोरङमा अर्को वाणिज्य दूतावास खोल्ने प्रस्ताव गरेको खबर छ । प्रधानमन्त्री प्रचण्डको जेठ १७ मा भारत भ्रमण भयो भने भारतले मोरङमा कन्सुलेट कार्यालय खोल्न सहमति गराउने बुझिएको छ । यसबारेमा भारतीय राजदूत नविन श्रीवास्तवले यसबारेमा कन्सुलेट कार्यालय खोल्ने खुलासा गरिसकेका छन्  ।
 भारतले नेपालका १५ जिल्लामा पेन्सन क्याम्प र एयरपोर्टमा सेना राखेको छ । अब कन्सुलेट कार्यालय खोलेर नेपालीे राज्यव्यवस्थामै कब्जा जमाउन खोजेको त होइन ?