Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सैनिक शासनको लागि भद्रकालीमा पाञ्चायण

१४ आइतबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाडौं । लोकतन्त्रले देश नबच्ने भयो, नागरिकलाई अनागरिक बनाएर मानव तस्करीमा सत्तारुढ पार्टी र प्रतिपक्षसमेत मुछियो । मानव तस्करी कार्यले विश्वमै नेपालीहरुको स्वाभिमानमा आँच आयो।

यसकारण सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य भयो। नेताहरू र सांसदहरूबाट नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको व्यापक दुरुपयोग भयो । नेताहरू र सांसदहरूबाट मुलुकले निकास पाएन । नेताहरूको कारण मुलुक संकटमा प¥यो । मुलुकको अन्तिम विकल्प भनेको सैनिक शासन हो । सेना आउ देश बचाउ ।

यसो भन्दै भद्रकालीमा पाञ्चायण पूजा लगाइएको छ । यसका अगुवा हुन् मकवानपुरका राकेशकुमार शर्मा ।शर्मा लेख्छन्– अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । जनताहरु जताततै बाट सडकमा आउनुपर्ने र निस्कनुपर्ने भएको छ । सेना अघि नसरे देश डुब्ने भयो । यति हुँदा पनि सरकारलाई सरकार, सांसदलाई सांसद भन्न लाज लागेको छैन । 

सांसदहरू र नेताहरूको भ्रष्टाचार काण्डै काण्ड छन्, ओम्नि भ्रष्टाचार काण्ड, यति भ्रष्टाचार काण्ड, ७० करोड भ्रष्टाचार काण्ड, बालुवाटार ललिता निवास काण्ड, नक्कलि लडाकु प्रकरण क्यान्टोनमेन्ट काण्ड, सिसि टिभि फुटेज काण्ड, नेपाल स्टक एक्स्चेन्ज काण्ड, ढाका राम श्रेष्ठ को साडे २ करोड काण्ड, कृष्ण बहादुर महरा ५० करोड  काण्ड, पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार काण्ड, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार काण्ड, बालुवाटारको सरकारी जग्गा बेचबिखन काण्ड, सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार काण्ड, कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको घोटाला भ्रष्टाचार काण्ड, कोरोना भाइरसको महामारीमा सुलभ अग्रवालले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको काण्ड, नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग भएको काण्ड र ३३ किलो सुन तस्करी काण्ड यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित कैलालीको टीकापुरमा नौ जनाको हत्याकाण्ड, निर्मला पन्त बलात्कार काण्ड, अपहरण काण्ड र अब हुँदाहुँदै नेपाली नागरिकहरु बेचबिखन काण्ड ९मानव तस्कर काण्ड० मुलुकमा भ्रष्टाचार काण्ड, हत्याकाण्ड, सुन तस्करी काण्ड, बलात्कार काण्ड, कालोबजारी गर्ने काण्ड र मानव तस्करी काण्ड आदि इत्यादि नेताहरू र सांसदहरूको काण्डै काण्ड छन्। न बिधि छ, न सुशासन । अराजकतामात्र छ, सेना आउ देश बचाउ ।
हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।

आज केही नेताहरू र सांसदहरुले नेपाली नागरिकहरुको बेचबिखन गर्ने मानव तस्करको कार्यले विश्वभर नेपालीको शिर निहुरिनु र लज्जित हुनुपरेको छ । नेताहरू र सांसदहरूको कारणले नेपालीहरुको स्वाभिमानमा आँच पुगेको छ । सेना आउ देश बचाउ । मुलुकमा वास्तविक जनताहरु छन भने अब सडकमा आई सेना आउ देश बचाउ भनौं । नेताहरूलाई मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । सेना आउ देश बचाउ । नेताहरूको कारण हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान हुँदै होइन संविधान फेरि पनि बन्न सक्छ । सेना आउ देश बचाउ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ ।

विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचनपछि पनि राजनीतिक दलका नेताहरू र ८८४ जना सांसदबाट मुलुकले निकास पाउन सकेन ।
अब सेना आउ देश बचाउ । 

मितिस्२०८० जेठ १४ गते