Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

'भारत बुद्धको भूमि' भन्दा ओली किन बोलेनन्?

३० सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लण्डन पुगेर भारत बुद्धको देश भनेर गौरव गर्न पुगे। उनको गौरवले बुद्धको अपमान भयो, नेपाली दु:िखत भए। तर प्रधानमन्त्री केपी ओलीले कार्ति २९ गते देशवासीका नाममा संवोधन गर्दा मोदीलाई नाकावन्दी गर्ने अमानवीय त भने तर बुद्धको नाम उच्चारणसम्म गरेनन्। बुद्ध नेपालमा जन्मेका हुन् भनेर उनले स्पष्ट पारेनन्। नाकावन्दीप्रति रिसाउने ओली, बुद्ध भारतको भनेर झट्का दिदा सहिरहे।  
किन चुके ओली? कतै ओलीको भाषण तैयार गर्ने एमाले नेताहरु मोदीका दलाल त होइनन्? यस्तो प्रश्न  जन मानसबाट उठेको छ। गतवर्ष नेपालको संसदबाटै बुद्धको भूमिमा आउँदा गौरवको अनुभव गर्ने मोदीले केही महिना अघि जर्मन पुगेर बुद्ध भारतमा जन्मेको दावी गरे। त्यतिबेला पनि नेपाल सरकार बोलेन। लण्डनको विम्लेमा नेपाली उम्लिरहेका थिए, मोदीलाई राक्षसी स्वरुपमा बिरोध गरिरहेका थिए, मोदी बेलायतका प्रधानमन्त्री क्यामरुनका सामु भारत बुद्धभूमि हो भन्ने दावी गर्न पछि परेनन्।