Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

महिलाले महिनावारी किन लुकाउनु?

०३ बिहिबार , मंसिर २०७२११ बर्ष अगाडि

–गंगा खड्का, गुल्मी
सेवा सञ्चार गुल्मीले बिगत ५ बर्ष देखी बिभिन्न सामाजिक कार्यमा क्रियाशिल छ। हाम्रो समाजमा अझैपनि साँघुरो रुपबाट हेर्दे आइरहेको महिनावारीका कारणले नेपाली छोरीहरु गोठ गोठमा जानुपर्ने, प्रकृतिले दिएको अनुपम बरदान मानेर खुसी साट्नुको सट्टा दुनियाँले थाहा पाउलाकी भनेर लुकाउनुपर्ने, पौष्टिक आहाराको आवश्यकतामा पाप लाग्छ भन्ने सोचले भोकै बस्नुपर्ने, सफा र सुरक्षित सामग्रीले सुरक्षित हुनुपर्नेमा फोहोर कपडाको सहयोगले रगत लुकाउनुपर्ने, यस्तै कारणले दिर्घकालिन रोगको सिकार हँुदै शारीरिक र मानसिक पिडा खप्न बाध्य छन्। त्यसैले गुल्मीबाट अभियान चलाउँदै स्वस्थ रहने हाम्रो चाहाना, सुरक्षित महिनावारी हाम्रो अधिकार भन्ने नारा बोकेर सेवा सञ्चार गुल्मीले बिशेषत २ बर्षदेखि यता गुल्मी जिल्लामा काम गर्दै आइरहेको छ। आजका महिलाहरुलाई कसरी सुरक्षित र स्वस्थ राख्न सकिन्छ? यस विषयमा हामीलाई सल्लाह र सुझाव दिएर महिला चेतना जगाउन सहयोगको अपेक्षा गर्दछौं।