Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आरोपित नेताको प्रतिरक्षा गर्न हुदैन : महामन्त्री शर्मा

०२ शनिबार , असार २०८०३ बर्ष अगाडि

राजनैतिकदलहरुले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा गर्न नहुने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । शनिबार काठमाडौँमा आयोजित 'शासन र शासक' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

काँग्रेस महामन्त्री शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने कुरा उठिरहेको वेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने अडान राखेका हुन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले काँग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक दलले आफ्नो पार्टीको अमुक नेताहरूलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताएका थिए । उनले नेताहरूलाई दोषी करार गर्ने संविधान,कानुन र राज्यका निकाय भएकाको बताउदै अदालती निष्कर्षलाई मानेर अघि बढ्नुपर्ने भनाई राखेका थिए ।

राजनीतिक दलहरूले भ्रष्टाचारको आरोपमा परेका नेताहरूलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानबिन गर्न दिनुपर्ने भन्दै कसैले पनि मेरो पार्टीका नेता निर्दोष छन फसाउन खोजिदै छ भनेर भन्न नहुने भन्दै उनले देशमा कानुन, संविधान, अख्तियार र अदालत रहेको बताउदै तिनले मात्रै तिम्रो दलको नेता निर्दोष छ या दोषी छ भनेर छुटाउन सक्ने बताए ।

कांग्रेस महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्‍याएर नहुने, प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने,तीनपटक भन्दा बढी मन्त्री हुन नपाउने र चारपटक भन्दा बढी सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अत्यावश्यक रहेको दावी गरेका छन् ।