Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कोशीमा पहिचानवादी र सरकारबीच वार्ता सुरु

०३ आइतबार , असार २०८०३ बर्ष अगाडि

कोशी प्रदेश नामाङ्कन बिरुद्ध आन्दोलन गर्दै आएको पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकार बिच वार्ता शुरु भएको छ । दुई पक्ष बिच विराटनगरको बिग होटलमा बिहान ९ बजेदेखि वार्ता सुरु भएको हो ।

कोशी प्रदेश सरकारले वार्ताका लागि तिलप्रसाद मेन्याङ्बोको संयोजकत्वमा बार्ता टोलि गठन गरेर वार्ताको लागि आउन आग्रह गरेसँगै आज वार्ता सुरु भएको हो । कोशी प्रदेश सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनरत पक्ष वार्ताका लागि अत्यार भएको थियो । 

सोमबार बिहान शुरु भएको बर्तामा कोशी प्रदेश सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तिलप्रसाद मेन्याङ्बो, सदस्यहरू भक्तिप्रसाद सिटौला, बुद्धिकुमार राजभण्डारी छन् भने आन्पदोलनरत हिचानवादीहरूको तर्फबाट वार्ता समितिमा  गोविन्द आङ्बुङ,युवराज राई,रामभक्त कुरुम्बाङ,लाक्पा शेर्पा,गेल्जे शेर्पा,कुमार लिङ्देन,रमेश राई,कृष्ण चोङ्बाङ,प्रेम मिथक र पदम जवेगु सहभागी छन् ।

गत २०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि कोशी नामको विरोध गर्दै आन्दोलन शुरु गरिएको थियो  । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानको आधारमा पुनः नामाङ्कन गरिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।