Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक छैन : सांसद सिंह

१४ बिहिबार , असार २०८०३ बर्ष अगाडि

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक छैन : सांसद सिंह

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नरहेको प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट शीर्षमाथिको छलफलमा भाग लिँदै सिंहले निजगढमा विमानस्थल बनाउन आवश्यक नरहेको बताएका हुन् ।

नेपालमा केहि समय पहिला निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसकेको अवस्थामा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवस्यक नरहेको सांसद सिंहको तर्क थियो ।

सांसद सिंहले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताउदै भैंसी चराउनका लागि विमानस्थल बनाउन लागिएको हो ? भनि सरकारलाई प्रश्न समेत गरेका थिए ।

निजगढ एयरपोर्ट बनाउने कुरामा आपत्ति जनाउदै सांसद सिंहले दुई वटा इन्टरनेशनल एयरपोर्टले काम गर्न नसकिरहेका बेला निजगढ एयरपोर्ट बनाउने कुरा आवश्यक नरहेको बताए । उनले खाली फाष्ट ट्रयाक जोडनका लागि विदेशीसँग ऋण लिएर एयरपोर्ट बनाउने नहुने तर्क गरेका थिए ।

सांसद सिंहले मधेशमा भैंसी धेरै हुने भएकाले भैंसी चराउनका लागि एयरपोर्ट बनाउने हो भन्ने प्रश्न गर्दै निजगढमा एयरपोर्ट बनाउने भन्दा अहिले भएका एयरपोर्टलाई कसरि नियमित उडान गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने बताए । उनले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन समेत सरकारलाई सचेत गराएका छन् ।