Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

२५ करोड बालबालिका जोखिममा

०७ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

युनिसेफका अनुसार १९८९ मा बालअधिकार महासन्धि पारित भए पनि अझै विपन्न र उपेक्षित बालबालिकाका लागि स्थिति पक्षपातपूर्ण रहेको छ। 'प्रत्ेयेक बालबालिकाका लागि निष्पक्ष अवसर: समताको वाचा' शीर्षक प्रतिवेदनमा विश्वका अति सीमान्तकृत बालबालिकाको स्थिति यस्तै छ भनेर तथ्यपरक रिपोर्ट सार्वजनिक गरिएको छ।
सम्पन्न बालबालिकाको दाँजोमा बिपन्न परिवारका बालबालिकाको पाँचवर्ष पुग्नु अगाडि नै मृत्यु हुने सम्भाबना दुईगुणा बढी भएको रिपोर्टमा उल्लेख छ। साथै बिपन्नले वीचमै पढाई छाड्ने सम्भाबना पाँच गुणाले बढी रहेको छ।
युनिसेफको रिपोर्टअनुसार विपन्न बर्गका बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने सम्भाबना ४ गुणाले बढी रहेको तथ्य उल्लेख छ भने विपन्न वर्गका दुई अर्व ४० करोडभन्दा बढी जनसंख्याको अझै पनि शौचालयसम्मको पहुँच छैन। ६६ करोड विपन्न बर्गले सफा पानी पिउन पाउँदैनन्, जसमध्ये यसको आधा जनंसंख्या अफ्रिकामा बसोबास गर्छन्। युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकका अनुसार विश्वका विपन्न समुदायमा झन्डै आधा जनसंख्या बालबालिकाको छ। २५ करोड बालबालिका द्वन्द्वग्रस्त मुलुकमा बस्छन्। यसपटक द्वन्द्वका कारणले युरोपमा शरण खोजिरहेका दुईलाखभन्दा बढी बालबालिकाको जीवन बढी जोखिमयुक्त बनेको छ।
बालबालिकाको 'पक्षपातविरुद्धको संघर्ष' अभियानमा युनिसेफले अनेक सद्भावना दूतहरु नियुक्त गर्ने गरेको छ। ती सद्भावना दूतहरुको एक प्रभावशाली टोलीले विश्वका अति जोखिमपूर्ण बालबालिकाका लागि तत्काल काम सुरु गर्न र आवाज उठाउन सामाजिक सञ्जाललाई सक्रिय बनाइएको छ।