Advertisement Banner
Advertisement Banner

०४ सोमबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

फर्किदै आदित्य भन्छन्: पहल खै?

०७ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

अदभूत क्षमता भएका बालक आदित्य दाहाल तीन महिनाको उपचारपछि नेपाल फर्किएका छन्। फर्कदा फर्किदै आदित्यले प्रश्न गरेका छन्– राजनीतिक पहल खोई? अमेरिकाजस्तो मुलुकमा पनि आदित्यको रोग पत्ता लाग्न सकेन। उनकी आमाका अनुसार आदित्यको स्वास्थ्य क्रियालापमा केही सुधार देखिएको छ। आदित्यको उपचार क्यालिफोर्नियाको स्टानफोर्ड अस्पतालमा भएको थियो। अनुसन्धानपछि उनको मस्तिष्कमा आइरत जम्मा भएको देखियो। डाक्टरहरुले उनलाई एनबीआइए (न्यरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेशन डिसअर्डर) भएको आशंका छ। तर यो रोगका कुनै लक्ष्यणसँग आदित्यका लक्ष्यण मेल खाएनन्। आदित्यको रगत र जीनको नमूनामा डा.भान हारेनको टोलीले अनुसन्धान गरिरहेको बताइयो। आदित्य संरक्षण प्रतिष्ठान भन्छ: आदित्यको इच्छाअनुसार उनलाई नेपाल फर्काइएको हो। अस्पतालले पछि फेरि ल्याउन भनेपछि लगिनेछ। आदित्यले मुठ्ठी खोल्न सक्ने भउका छन्, सहारा लिएर उभिन्छन् पनि। बोल्ने क्षमतामा भने ुधार आएको छैन। आदित्यलाई भेट्न गएका पत्रकारले सोधे– नाकावन्दी कहिलेसम्म रहन्छ? आदित्यले खोई त सहमतिको वातावरण निर्माण गर्ने पक्षमा कोही किन नलागेको? यसले दुर्घटना निम्त्याउँछ। सहमति बिना केही भन्ने अवस्था देखिदेन।
सहमति अर्थात आन्तरिक राजनीतिक सहमति। सहमति होइन, तिक्तता बढ्दै गएको छ। ठूला दलवीच तिक्तता, आन्दोलनकारी मधेसी मोर्चासँग तिक्तता। सरकार त सेना परिचालन गर्ने मूडमा गइसकेको छ। संकट घट्ने होइन, आदित्यले भनेजस्तै बढ्ने खतरा पो देखिन्छ।