Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

ज्ञानमणी नेपाललाइ ‘’लीलाध्वज थापा ‘’ पुरस्कार

२५ सोमबार , असार २०८०३ बर्ष अगाडि

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा यस वर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार इतिहासविद तथा साहित्यकार श्री ज्ञानमणि नेपाललाई प्रदान गरिने निर्णय प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापा द्वारा जानकारी गराइएको छ ।
भोजपुर जिल्लाको सिक्तेल, बितलपमा बि. सं.१९८९ सालमा जन्मिएका श्री नेपालले नेपालको इतिहास संस्कृति,भाषा साहित्य र संस्कृति वाङ्मयमा विशिष्टता प्राप्त गर्नुका साथै अनेकौ ऐतिहासिक तथ्यहरुमा आधारित अनुसन्धनात्मक कृति प्रकाशन गर्नुकासाथै विभिन्न सङ्घसंस्थामा आवद्द भई नेपाली भाषा साहित्यको र इतिहासको क्षेत्रको श्री वृद्धिमा यथेष्ट योगदान पुर्याएकोले कदर स्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय जानकारी गराइएको छ ।

content_thumbnail__2_.jpg


उक्त सम्मान तथा पुरस्कार यही २०८० आषाढ २२ गते एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी गराइएको छ । प्रतिष्ठानबाट हरेक बर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान पुरस्कार यसभन्दा पहिले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा डा वासुदेव त्रिपाठी, प्रा डा तारानाथ शर्मा ,वरिष्ठ कवि तुलसी दिवस र प्रा गोपीकृष्ण शर्मालाई प्रदान गरिएको समेत अध्यक्ष थापा द्वारा जानकारी गराइएको छ ।

-जयराम बिडारी