Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

स्थानीय सरकारको संघीय सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी

२५ सोमबार , असार २०८०३ बर्ष अगाडि

प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने रकम अर्थ मन्त्रालयबाट हालसम्म पनि फुकुवा नभएको भन्दै स्थानीय सरकारले संघीय सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराउदै संघीय सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै आर्थिक वर्षको अन्तिम महिनासम्म पनि वित्तिय समानीकरण अनुदानमध्येको बाँकी ५० प्रतिशत अन्तिम किस्ता रकम फुकुवा हुन नसकेको भन्दै संघिय सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

content_sangh.jpg

अन्तिम किस्ताको सो रकम फुकुवाको लागि पटक-पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको भन्दै आर्थिक वर्षको अन्त्यमा स्थानीय सरकारका बजेट प्रणालीमा नै गम्भिर असर पर्ने गरी समानीकरण अनुदानमा गरिएको कटौतीले आन्तरिक आय कम भएका स्थानीय सरकारलाई गम्भिर असर परेको बिज्ञप्तिमा भनिएको छ । 

असार २३ गतेसम्म मात्र चालु आर्थिक वर्षको खर्च गर्न पाउने समयसीमा रहेकोले तत्काल सो रकम फुकुवा गर्न पनि अर्थ मन्त्रालयमार्फत महासंघ र नगरपालिकाले सरकारको ध्यानाकर्षण गराएका छन् । यदि संघिय सरकारले अझै बेवास्ता गरेमा मुलुकभरका सबै स्थानीय तहहरु सरकारको संघीयता विरोधी गतिविधिविरुद्ध चरणबद्ध आन्दोलनका गतिविधि गर्ने समेत संयुक्त विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।