Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

देश संकटमा, पूर्वराजा सेल्फीमा

१६ मंगलबार , श्रावण २०८०३ बर्ष अगाडि

देश संकटमा, पूर्वराजा सेल्फीमा

मैले उत्तर र दक्षिण मिलाइसकें, धन्दा मान्नुपर्दैन भनेर बंगलादेशमा आयोजित सार्क सम्मेलनमा भारतलाई अप्रिय लाग्ने बोली बोल्न उक्साउने र बोलीमा फसाउने अनि दर्शनभेट कुरेर बसेका विदेशी कूटनीतिज्ञहरूलाई भेट्नुपर्दैन भन्ने जो थिए, तिनीहरू २०६३ सालको १९ दिने जनआन्दोलनदेखि यसरी हराए कि ती भर्खर भर्खर नेपालका कूटनीतिक विज्ञ बनेर समाचारमा छाउन थालेका छन् । राजा डंकनलाई काखमा राखेर छुरा धस्ने म्यागबेथजस्तो चरित्रको त्यति ठूलो षडयन्त्रको भेउ नपाउने पूर्वराजा ज्ञानेन्द्र गणतन्त्र कार्यान्वयन भएपछि सेटिङ र षडयन्त्र सिकार भइरहेका छन् ।
कठै पूर्वराजा, देशको भार उठाउने कुरा गर्छन् र मानसिक मार र पारिवारिक भारबाट थिचिन्छन् । जयबाट उत्साहित हुन्छन्, भयबाट चाउरिन्छन् । पूर्वराजा बाहिर ननिस्कदा पुर्षाको सराप, निस्कदा ज्यानको धराप ? न गरिखानु, न मरिजानु, कस्तो धर्मसङ्कट ? मार त मार, ह्या मार । १५ वर्षदेखि देशको बेथितिमा ‘मलाई दुःखी तुल्याएको छ’ भन्नुबाहेक यी बुढाले गर्न के सक्लान् र अब ? सन्तान त वीरका हुन्, चक्रव्यूहमा पसेपछि फसिन्छ भन्ने वोध भएरै अभिमन्यूको नियति भोग्न तैयार नभएका हुनसक्छन् । चक्रव्यूह तोड्ने तोड श्रीकृष्ण र अर्जुनमा मात्र थियो । पूर्वराजाका साथमा उनलाई फसाउने धेरै छन् । उनी चक्रव्यूहमा फस्दा उनलाई चक्रब्यूह तोड्ने तोड भएका न श्रीकृष्ण कतै देखिन्छन्, न अर्जुन ? जो छन्, अस्वस्थामाजस्ता पूर्वाग्रही र इखालु पराईका शिखण्डमात्र छन् ।