Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बालुवाटारका जग्गा फिर्ता गर्नेलाई माफी ?

१६ मंगलबार , श्रावण २०८०३ बर्ष अगाडि

बालुवाटारका जग्गा फिर्ता गर्नेलाई माफी ?

बालुवाटारको जग्गा सम्बन्धमा सीआइबीका एसएसपी दिनेश आचार्य भन्छन्– भूमाफिया गिरोह र पछि जग्गा खरिद गर्ने दुई प्रकारका जग्गाधनी छन् । केहीले जग्गा फिर्ता गर्दै छुटकारा पाउन निवेदन दिन थालेका छन् । पछि जग्गा खरिद गर्नेको जग्गा जफत गर्ने प्रकृया अगाडि बढेको छ ।
सीआइबीले अनुसन्धान थालेपछि जग्गादर्तावालाबाट बालुवाटारको जग्गा किन्ने खरिदकर्ताहरू त्राहीमाम भएका छन् । जग्गाधनी को को छन् ? भनेर अनुसन्धान थालेपछि सिपिका खेतान पक्राउ परिन्, उनले ८ आना जग्गा सरकारलाई फिर्ता गरिन् । जग्गा फिर्ता गरिसके पनि मुक्ति पाएकी छैनन् ।
धेरै बेचेर थोरै जग्गा फिर्ता गरेकै आधारमा सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र एमाले नेता विष्णु पौडेलका छोरा नविन पौडेललाई मुद्दा नचलाउने निर्ण भएको थियो । तिनका हकमा माफी हुनसक्ने अर्का एक अधिकारी बताउँछन् । ४ सयभन्दा बढी संलग्न छन्, २२ जना पक्राउ परेका छन् । दलाल शोभाकान्त ढकाल र रामकुमार सुवेदीले ललिता निवासको १४३ रोपनी जग्गा कीर्ते मोहीसमेत खडा गरेर बेचबिखन गरेको प्रारम्भिक ठहर छ । मीनबहादुर गुरूङ लगानीकर्ता रहेका छन् भने नक्कली गुठी, नक्कली मोही खडा गरेर ६५ जनाको नाममा जग्गा हिनामिना गर्नेमा पूर्वप्रधानमन्त्री माधव नेपाल र डा.बाबुराम भट्टराईसमेत जोडिएका छन् ।
पक्राउ नगर्न अग्रिम रूपमा अन्तरिम आदेश लिएका १७ मध्ये कलाधर देउवा पक्राउ परे, अरू  टीकाराम घिमिरे, तेजराज पाण्डे, शंकरप्रसाद सुवेदी, साबिर हुसैन, बलिरामप्रसाद तेली, दिनेशप्रसाद शर्मा, लक्ष्मीनारायण उप्रेती, हुपेन्द्रमणि केसी, जयप्रसाद रेग्मी, हरिबोल आचार्य, सुरेन्द्रमान कपाली, टीकाबहादुर बिसी, श्रीहरि पुडासैनी, अंगुरकुमार सिग्देल, टंकनाथ पौडेलका साथै तेजकुमारी अधिकारी भागेका छन् । पक्राउ पूर्जी जारी हुँदा पनि कोही हाजिर भएनन् ।