Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

संविधानले स्थायित्व दिदैन

१४ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

संविधान मस्यौदा समितिका सभापति र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यो संविधानबाट देशले शान्ति, विकास र स्थायित्व पाउँदैन भनेका छन्।
अर्थात् कांग्रेसको सातोपुत्लो उडाएछ मधेसवादी आन्दोलन, भारतको नाकावन्दी र असन्तुष्टहरुको आक्रोसले।  कुनैबेला झापा जोरसिमलका जुत्ताव्यापारी हुन् कृष्ण सिटौला। अहिले पनि उनको कलकत्तामा राम्रो व्यापार छ। संविधान निर्माण गर्ने बेलामा स्थिति सामान्य थियो र सिटौलाले संविधानको वकालत गरे। असोज ३ गते संविधान जारी भएपछि भारत यसरी रिसायो कि अव सिटौला भारतीय आवाज बोल्न थालेका छन्। यी कस्ता नेता हुन् जो ३ महिनाको पनि दृष्टिकोण राख्न सक्दैनन् र मैनवत्ती पग्लिएझैं भन्छन्: संविधानले स्थायित्व दिनसक्दैन। उनको घुमाउरो भनाइ हो: संविधान फेल भो।  नेविसंघ त्रिचन्द्र क्याम्पस पुगेर सिटौलाले बहाना झिके: संसदमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएकाले मुलुकले स्थायित्व पाउनसक्दैन। कांग्रेस माथिल्लो सदनमा मात्र समानुपातिक व्यवस्था राख्न चाहन्थ्यो, मानिएन। सबैलाई समेटेर लाने भनेर कतिपय गलत विषय र व्यवस्थाहरु नयाँ संविधानमा परेका छन्।
सिटौलाजी, त्यसो भए संविधान ऊँटजस्तो पो बनेछ त? कि अन्धाले हात्ती छामेको कथा बनेछ?
यथार्थ के हो भे भवानीपुरमा जन्मेको कांग्रेस भारतविरुद्ध जानै सक्दैन। भारतले नाकावन्दी लगाएको छ र मधेसवादीलाई साथ दिएको छ। कांग्रेस मधेसवादीलाई साथ लिएर हिड्न चाहन्छ। वामपन्थीले पुछिफालेको कांग्रेसका लागि यही मार्ग सहज र लाभकारी पनि छ। उसलाई सत्ता हुने मार्ग पनि यही हो। आफ्नो नेतृत्वको सरकारले संविधान जारी गरेको पाइन झर्न ३ महिना पनि लागेन। मुलुक फेरि पनि अस्थिर राजनीति र भ्रष्टाचारको फोहरी खेलमा फस्यो। अव त बिखण्डनलाई रोक्न पनि संविधान असफल होलाजस्तो देखिदैछ।