Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

विदेशीको लर्को

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

विदेशीको लर्को

काठमाडौं । नेपाली युवाहरू विदेशीन थालेपछि राजधानीलगायत देशैभरि भारतीय कामदारको लर्को लाग्न थालेको छ । नेपाल गएपछि मारामार काम पाइने, नागरिकतासमेत लिन सकिने लोभका कारणले भारतीय कामदारको लर्को लागेको हो । एक अध्ययनअनुसार ३५ प्रतिशतबाट अझ माथि विदेशी श्रमिक देखिन थालेका छन् ।
नेपालमा काम कम, सेटिङमा अपराध भइरहेको छ । १० टाउके सरकार अपराधकर्मीलाई बचाउने र सुशासन दिन नसक्ने क्षमताहीन भइसकेको छ । एकातिर ठूलो गठबन्धन, अर्कोतिर भारत निकटेहरूको चारदलीय उपगठबन्धन, कांग्रेस, एमाले र माओवादीका अध्यक्षहरूको गठबन्धन र बेला बेलामा गोप्य बैठक हुने गरेका छन् ।
दैनिक हजारौंको संख्यामा विदेशीएका युवालाई कसरी रोक्ने, यो देशमा भविष्य छैन भनेर निराश भएका युवालाई रोजगारमूलक शिक्षा कसरी दिलाउने, देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने कुनै योजना छैन । विदेशीले रजगज गर्ने दिन नजिकिन थालेको छ ।