Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

Image

आगोसग किन झस्कियो सिंहदरवार ?

बैकुण्ठ भण्डारी

२६ मंगलबार , भाद्र २०८०९ महिना अगाडि

आगोसग किन झस्कियो सिंहदरवार ?

काठमाडौं महनगरका मेयर बालेनको आगो झोस्ने आक्रोशबाट सिंहदरवार नराम्ररी झस्किएको छ । देशको प्रशासनको केन्द्र एउटा सामाजिक सञ्जालको स्टाटसले झस्किन्छ भने लोकतान्त्रिक गणतन्त्र बलियो भएछ कि कमजोर ? अनुमान गरौं ।
भदौ १६ गते शनिबार मध्यरात एकाएक विश्वभरका नेपालीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा भुसको आगोजस्तै राप एकाएक सल्कियो । कति  अँध्यारो कोठामा षडयन्त्र गर्दै थिए होलान्, कति खाने तरखरमा, कति सुत्ने तरखरमा थिए होलान् । यसो मोबाइलमा खोलेर चोरी औंलारे घिसार्दै गर्दा सञ्जालभरि आगो सल्किसकेको थियो । सिंहदरबारमा आगो बल्ने भो भनेर ! समर्थन र बिरोधमा कमेन्टको जुलुसै देखियो ।
महानगर स्थानीय सरकारका प्रमुख बालेनको आगोले सनसनी फैलिएको थियो । ‘याद राख चोर सरकार’ सरकारमा बस्नेहरू चोरै चोर भए । कसैले सुन चारे, कसैले धन चोरे, कसैले देशको अस्तित्व नै चोरे । गाउँ चोरे, गाउँलेका मत चोरे । त्यही भएर चोर सरकार भनेपछि चोरलाई साथ दिनेहरू त रन्थनिने नै भए । भयानक डढेलो सल्केको देखियो ।
‘याद राख चोर सरकार’ लाई छिनभरमा लाखौंले समर्थन जनाए । किन समर्थन जनाए । सरकार चोर भएर ? सरकारको काम चोर भएर ! के भएर ? किन त्यत्ति धेरै चोर औंलाहरूले ड्याम्म–ड्याम्म लाइक ‘क्लिक’ हान्दिए ! त्यसै चोर औंलाहरू मोबाइलका स्क्रिनमा मख्ख परे । विश्व नै सामाजिक सञ्चालमा दंग छ, त्यसैले होला ‘याद राख चोर सरकार’ मा सबै दंगदास देखिए ।
स्वदेश अनि विदेशमा बास बसेका सबैले क्या वात बालेन, बल्ल थाहा पाए चोरहरूले ! भन्दिए । ‘कुरा के हो पत्तै भएन पूरै धराने आगो लिएर सिंहदरबार जलाउन आउँछु’ भनेर अर्को सरकारका प्रमुखले ठोक्दिए । धरानेसहित सिंहदरबार जल्ने डरले रातभर दमकल कुदेको कुदै ! सिंहदरबारमै आगो बल्ने भएपछि सिंहदरबारभित्र बस्ने चोरहरू झस्केर डरले थुरूरू... ! बहत्तरको भुइँचालोले हल्लाएको जस्तो हल्लेको हल्यै । न झस्केर, नहल्लेर पनि के गर्नु, कुनबेला आगो बल्ने नै थाहा छैन । हिजो सिंहदरबार चलाएका बा र अहिले सहर हाँकेका लेनको मार्ग नै खुट्याउन गाह्रो छ । काठमाडौंको ट्राफिक बत्तीजस्तो ! कुनबेला रातो बत्ती बल्छ, कुनबेला हरियो बत्ती थाहा नै नहुने !
ऊ बेला बाको कस्तो उखान आउने हो पत्तो हुँदैनथ्यो । अहिले बालेनको कस्तो टुक्का आउँछ थाहै हुँदैन । सबै तीन छक्क । बाले बोल्दा हाँसोको फोहोरा, बालेनले लेख्दा कमेण्ट र सेयर  । नआओस्, नहोस् पनि किन बालेनलाई जेसुकै होस्, बालै भएन । न त पार्टी चलाउन उठाउनु छ, न त कार्यकर्ता नै पाल्नुछ । जसरी हुन्छ जनताले उहिल्यैदेखि चोर भनेकालाई चोर नै हुन् भन्ने देखाउनु छ । 
ए बाऽबाऽ होइन मान्छेले किन बुझ्दैनन् हो । स्वतन्त्र भन्या निर्दलीय हो । निर्दलीय भएपछि दलीयलाई त उछितो काट्नप¥यो नि ! निरंकुश भयो भन्छन् । यत्रा पढेलेखेका मान्छे बस्ने सहराँ निरंकुश हुन सक्नु पनि ठूलै कुरा हो नि । राम्रो गर्दा नि सुख छैन, नराम्रो गर्दा पनि सुख छैन, गर्नेचाहिँ के हो के ? त्यसमाथि पनि नेपालाँ त पर्चाकारिता फस्टाको छ । तँ यो दलेको, म यो दलेको । त्यही दले दले हुँदै गर्दा ट्युवेले खेला खेल्दिएको छ । भाको नभाको चौपट्टै पार्दिन्छन् । कहाँको फोटो कहाँ लगेर हुल्दिन्छन्, अनि भन्छन् हेर्नु करामत ! यो देश करामतै करामतको चटके खुलामञ्चजस्तो भयो ।
लोग्नेस्वास्नीको झगडा गराएर, सडकाँ उफारेर करामत हुन्छ ? करोडौं खर्च गरेर खोलेको टिभीमा देखाएको कुरा त सत्य हुँदैन अनि फेसबुकाँ लेख्या कुरा पत्याउने ? सिंहदरबारमा आगो लगाइदिन्छु पो भनेको त, लगाइहालेको हैन नि ! त्यसमाथि पनि सिंहदरबारमा दिनदिनै अपराधी–आगो लाग्या छ देख्नुपर्दैन ? हेर्नुपर्दैन ?
दल दलका कुन सांसद र कुन मन्त्री कुनबेला जेल जाने हो पत्तै नभए मनभित्र आगो बलिरहेको छ । कर्मचारीहरूलाई रातो घरले कुनेबेला च्याप्पै समातेर अनुहार हेर्नैै नहुनेगरी ससुरालीमै पु¥याउने डरले मुटुभित्र आगो लागिरहेको छ । सिंहदरबारभित्र दिनदिनै पातपतिंगर बालेर आगो बलिरहेको छ । सिंहदरबारभित्र पहिले–पहिले रूखबाट झरेका पातहरू, फोहोरहरू त्यही बालिन्थ्यो । अब त्यो पातलाई र फोहोरलाई सिसडोलसम्म किन पु¥याउनु त्यही आगो बाल्न पो खोज्या हो कि ? अत्तोपत्तो कसैलाई छैन ।
अर्थ लगाउने हो भने बा अर्थात् पिता लेन भनेको बाटो । अनि स्थानीय सरकारको पिताले देखाएको बाटो खुरूखुरू नहिँडेर खोल्सा–खोल्सी ताकेर हुन्छ । सही बाटो पो हिँड्नुप¥यो नि ! ऊ बेला मट्यांग्रा हजुरबाले भन्थे, ‘तँ हेर म हेर, ठाउँ हेर बेला हेर’ । त्यही हेरेर पो कुरा गर्नुपर्छ त । कस्तो ठाउँमा कुन समयमा कोसँग बोलेको छ भन्ने कुरा हेक्का त राख्नुप¥यो नि ! त्यत्तिकै थरऽर रऽररऽ काँप्नुपर्छ  र ? सिंहदरबार त आफैं गर्जिने सिंह पो हो त । सयौं वर्षदेखि गर्जेको गज्र्यै छ । सिंहदरबार त गर्जिनेमात्र हो । अरू कुरा त ‘न्याय नपाए गोर्खा जानु’ त्यसै भनेको छैन । न्याय नहुने सिंहदरवारमा शब्दको आगोले पनि खरानी बनाउने रैछ ।
दलीय सिंहदरबारले न्याय दिँदैन । त्यही न्याय नदिएकै भएर जनता जनार्दनले पनि निर्दलीयलाई भोट दिएका । सेना पुलिसको घेराभित्र बसेर सिंह गर्जिएजस्तै गर्जिनेमात्र हो, सिंहदरबार । त्यही भएर हजुरबाले पनि चोर बस्ने ठाउँ भन्थे, बाले पनि चोरहरू बस्ने ठाउँ भने छोराको त के कुरा गर्नु नातीले समेत चोर बस्ने ठाउँ भन्न थाल्या छ । हो गर्जिने भनेकै चोर हो । त्यही भएर एउटाले अर्को सरकारलाई चोर भन्न नपाउने ! सर्पले पो सर्पको खुट्टा देख्छ । त्यसमाथि पनि ३० सालमा आगो लगाएकै हो सिंहदरबारमा ! पाल्पा दरबार पनि आगै लगाको हो । 
आगो, ३० सालमा सिंहदरबारमा आगो लगाको, ६० तिर पाल्पा दरबारमा आगो लगाको । अनि पाल्पामा आगो लगाउने मान्छे नै सिंहदरबारमा गर्जेको बेला ८० सालमा फेरि सिंहदरबारमा आगो लगाउछु भन्न नपाउने ! यति भन्दा किन झस्किने हो सिंहदरबार । कठै सिंहदरबार १६ महिनादेखि झस्केको झस्क्यै छ । अब यसरी झस्किरहेपछि त सातो गाको हुनसक्छ ! त्यो सातो बोलाउनका लागि सिंहदरबारमा आगो लगाएर खली ख्वाउने पो भनेको । खरानी बनाउने कहाँ भन्या हो र ! 
‘जो आए आए, गुलेली खेलाए, गए ।’   दजबलमबचष्दबष्२नmबष्।िअयm