Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, मंसिर २०८०11th December 2023, 11:01:09 am

देशको नेतृत्वकर्ता नै कम्युनिष्ट बिरोधी

०२ मंगलबार , आश्विन २०८०३ महिना अगाडि

देशको नेतृत्वकर्ता नै कम्युनिष्ट बिरोधी

सुरेशकुमार पाण्डे - - 
जनताले कम्युनिष्ट सम्झेर पालेका असलमा कम्युनिष्ट बिरोधी हुन् । संसारभरीमा भ्रम छरेर जनताको आँखामा छारो हालेर सत्तामा आलोपालो गर्ने अवसरबादीहरूले कम्युनिष्टको जरा काटिरहेछन् ।
यो देशमा न त कहिले कम्युनिष्टको सरकार बन्यो न अहिले कम्युनिष्ट छन् । बरू बिदेशीहरूको उक्साहटमा छमछम नाच्ने छद्यमभेशीहरू सत्तामा काविज छन् । कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने र तहस नहस पार्ने ठेक्का लिएका अवसरबादी हरूलेगर्दा विश्व कम्युनिष्ट आन्दोलन् नै क्षत बिक्षेत भएको छ । प्रतिकृयावादी शाशकहरू र साम्राज्यवादीहरूले कम्युनिष्ट आन्दोलन सखाफ पार्ने अभियान स्वयम कम्युनिष्ट आन्दोलनमा लागेर उफ्रिने मौका परस्तहरूलाई नै दिएको छ । आधुनिक कम्युनिष्ट पार्टि बनाउन कम्युनिष्टको आधारभुत सिद्धान्तमाथी हमला गरेका छन् । कम्युनिष्ट आन्दोलन हाँक्न आधारभूत सिद्धान्तलाई परिमार्जित गरेर होइन, आधारभूत सिद्धान्तमा टेकेर बर्ग संघर्षलाई हाँक्न सक्नुपर्छ ।
कुनै हाँगाले वर्ग संघर्ष त्याग्यो, कसैले द्वन्द्वबाद त्यागे । मार्क्सवाद–लेनिनवादी माओ बिचारधाराको ऐतिहासिक र आधारभूत सिद्धान्त बिनाको कम्युनिष्ट पार्टी होइन बरू दक्षिणपन्थी अवसरबाद हो । कार्ल मार्क्स र फ्रेडरिख एंगेल्शले १८४८ जर्मनमा  जन्माएको कम्युनिष्टलाई लेनिनले १९१७ को अक्टुवर क्रान्तिको दौरानमा रूसमा बर्ग सघर्षको विजय गरेर संसारको इतिहासमा पुष्टी गरेका थिए । त्यही रूसको भूमिमा कामरेड स्टालिनको मृत्युपछी १९५६ मा ख्रुश्चेवले ग्लास्नोस्त र प्रेसत्रोइका लागु गरेर पुजिवादको पुर्ननिर्माण गरियो । जुन कम्युनिष्ट आन्दोलनलाई संसार भरिका प्रतिकृयावादीहरूले लडेर जित्न सकेनन् । त्यो कम्युनिष्ट आन्दोलन भित्र पसेका छद्यमभेषीले एकै झट्कामा तितरबितर गर्न सफल भए ।
कम्युनिष्ट संसारको एउटा यस्तो शक्ति थियो जो गरिब श्रमजीवीहरू र सर्वहाराहरूको हक हितको रक्षकको रूपमा पहिलोपल्ट नौलो राजनीतिक मार्ग बन्यो । गरिब, महिला, दलित, आदिवासी जनजाती र संसारभरीका मुक्ति कर्मी र गरिखाने जनताहरूको लागी यो भन्दा पहिले यस्तो सिद्धान्त कतै उदाएको पनि थिएन ।
मार्क्सवादी दर्शन भनेकै विज्ञानिक रूपमा गरि खाने बर्गको दर्शन हो । जसलाई ठग शासक र शोषकहरूले आफ्नो बलबुताले भ्यायसम्म पराजित गर्ने र तहसनहस पार्ने उद्देश्यलाई कम्युनिष्टभित्रै्र लुकेका तत्वहरूद्वारा पुरा गर्दै आएको छ ।
यो हाम्रो देशको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि सत्य हो । अहिले बाहिर बाट हेर्दा देशभित्र कम्युनिष्टहरूको भिड् देखिन्छ । तर त्यो एउटा आवरण मात्र हो, देशभित्र कम्युनिष्टको अनिकाल छ । अहिले प्रतिकृयावादीले हाम्रो देशमा सबै कुरा त्यागेर देशलाई कसरी जोगाउने र जनताले रगतसँग साटेर ल्यायको यो बहुदलिय व्यबस्थालाई कसरी जोगाउने ? त्यो घुम्तिमा पुराइदिएका छन् । देशभित्र सुनको तस्करमा माओवादीहरूका नेताहरू नै फसेका छन् । जस्को नेतृत्वमा सरकार चलेको छ, उनैको संरक्षणमा भ्रष्टाचार पनि हुर्किंदै बढ्दैछ ।
केही वर्षमा यही अबस्थाको बिकास भयो भने देशलाई जोगाउने आन्दोलनको समेत अनिकाल पर्न सक्छ । कम्युनिष्टको दोसाला ओढेर र लोगों भिरेर उनीहरूको कार्यकालकै द्वौरान देशमा भ्रष्टाचार बढ्यो, बिदेशीहरूको चलखेल बढ्यो, देशमा महंगी बढ्यो, राष्ट्रघाती र जनघाती सन्धी सम्झौताहरू भइरहेका छन् ।
देशको बिडम्वना भनौँ वा दुर्भाग्य भनौँ सबैभन्दा बढी न्यायालयमा अनहोनी भएकोछ । न्यायालय जस्तो देशको पवित्र र गरिमामय स्थानमा पनि राजनीति बिभेद र सर्वदलीय न्यायालयजस्तो देखिनु देशको लागी दुर्भाग्य नै हो ।
अपराधीहरूलाई आम माफी हुनु भनेको न्यायलयको र पिडित पक्षको उपहास नै हो । त्यसबाट जाने सन्देशले सन्सारभरी देशको छबिलाई धुमिल्याईदिन्छ । गौर हत्या काण्ड अहिले १७ वर्ष पुग्यो । त्यसका दोषीहरू खुलेआम राजनीतिमा छन् । त्यो मात्र होइन उनिहरू देशको प्रभावशाली ठाउँमा पुगेका छन् । निर्मला हत्याकांड वि.स.२०७५ को साउनमा घटेको थियो त्यसको अहिलेसम्म अपराधी भेटिदैनन् वा सबै सरकारको छत्रछायाँमा सुरक्षित छन् । सरकारले वा गृह मन्त्रालयले ती फाइल खोल्छ जुन फाइलमा प्रतिपक्षहरूलाई फसाउन सहज होस्, आफ्नालाई बचाउन । फसाउने फाइल तन्किंदै जाँदा सरकार पक्षको अनुहार झल्किन थाल्छ र त्यो फाइल अनापसनापमा छानविन गराउने बहानामा चिसो बाकसमा थन्क्याउने काम हुन्छ ।
मदन भण्डारी र जिवराज आश्रृत हत्याकाण्ड, प्रेम धामी हत्या काण्डहरू अहिले पनि दुर्घटनामा सिमित छन् । राजदरवार हत्याकाण्डको दोषीहरूको कुनै अत्तोपत्तो छैन् । देशभित्र सिमाना पारीका प्रशासन आएर हप्की दप्की गर्छन्, पत्रकार आएर रिपोर्ट बनाउँछन् । जनताले बिरोध गर्छन् । सरकार पक्ष मौन देखिन्छ ।
बिगतमा प्रचण्डले भनेको एउटा कुरामा सच्चाई थियो त्यो भारतीयहरूको सहयोगबाट नै उनी सरकारमा छन् । जानिनजानी उनले सही बोलेका थिए । देशको सार्वभौम सत्ताको बागडोर बिदेशीको हातमा पुगेको यो पक्का प्रमाण थियो । त्यसो भन्दा कत्ति पनि लाज नमान्नुमा उनको इमान्दारिता हो । कठै नेतृत्व ?
बिदेशी शक्तिले के चाहान्छ भने यी कम्युनिष्ट भनौदाका हातबाटनै तमाम राष्ट्रघाती जनघाती कृयाकलाप भयो भने एउटा तिरले दुइवÞटा सिकार गरिन्छ । एउटा उनीहरूको काम फत्ते हुन्छ । आर्को कम्युनिष्ट संसारभरी बद्नाम हुन्छन् ।
भदौ १३ देखि एमसीसी पास गराउने नेतृत्वले ५ वर्षमा यो परियोजना पूरा गराउन कार्यान्वयन थालेका छन् । प्रचण्ड अमेरिका हिडेका छन्, त्यहाँबाट चीन पुग्छन् र बीआरआई कार्यान्वयनको सम्झौता गरेर फर्कनेछन् । हाम्रा नेताको काम विदेशी योजना कार्यान्वयन गराउने हो । हुन त लाभ देशलाई हुन्छ । राष्ट्र भूराजनीतिको भूमरीमा फस्दै जाँदा निस्कन सकेन भने के हुन्छ ? खोई संसदमा समीक्षा ? 
देशमा साँढे छ दशकसम्मको बलिदानीपूर्ण संघर्षबाट आएको गणतन्त्र र धर्म निरपक्षता माथि खतरा मात्र होइन चौतर्फीय हमला भइरहेको छ । गणतन्त्रको संस्थागत बिकास, बिदेशीको चलखेलमा रोक, महंगी नियन्त्रण र अपराधी र भ्रष्टाचारीहरूलाई कार्वाही गर्नुको साटो ठिक उल्टो हुँदै आएको छ । धार्मिक रक्तपातको खतरा बढेको छ । यसको जिम्मेवार वर्तमान नेतृत्वले लिनुपर्छ ।
घटनाक्रमबाट के बुझियो भने कम्युनिष्ट आन्दोलनकै आवरणभित्र कम्युनिष्टको अवसान हुँदैछ । त्यही उद्देश्य प्राप्तिका लागि विश्वशक्तिले यी लाल गद्धारहरूलाई ठेक्का दिएका छन् । पैसा र स्वार्थ पूरा भयो भने जितियो भन्ने मानसिकता खतरनाक देखिन्छ । यही अहिलेको उनीहरूको व्यवहारले पुष्टी गर्दै गएको छ ।