Advertisement Banner
Advertisement Banner

०४ सोमबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

शक्तिको माता हो महिला

१४ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

'महिलाविरुद्ध उभिनु आत्मघाती': यो धारणा हो प्रधानन्यायाधीश कल्याण श्रेष्ठको। लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जालले गरेको राष्ट्रिय बृहद भेला तथा साधारणसभाको मञ्चबाट प्रधानन्यायाधीशले यसो भनिरहदा महिला र पुरुष दुबै खुशी देखिएका थिए। समाजशास्त्रीहरुले पनि अव समाजमा लैंगिक समानताको युग आएको बताए।
'दयाको पात्र होइन महिला, शक्तिको माता हो, महिलाको विरुद्धमा पुरुष उभिए, आत्मघाती काम हुन्छ।' प्रधान न्यायाधीशले चेतना छर्दै अभिव्यक्ति दिए।
उनले महिलामात्र पुरुषपीडित होइनन्, पुरुष पनि महिलापीडित छन् भन्ने कुरा आइरहेको छ। तर यो अपवादमात्र हो।  'मेरो श्रीमती अपमानित, छोरी अपमानित भए म कहाँ सम्मानित हुन्छु, समाजमा म एक्लै जीउनै सक्दिन, त्यसकारण महिला र पुरुषमा समानता हुनुपर्छ, कुनै प्रकारको विभेद हुनुहुँदैन। विभेदलाई समाप्त नै पारेर अघि बढ्नुपर्छ। भेदभावको कुरा गर्दा सांस्कृतिक, संस्कारको सोच र व्यवहारको कुरा आउँछ, त्यो गाडा रुपमा विद्यमान रहेको सोच बदल्न व्यवहार बदल्नु पनि महत्वपूर्ण रहेको छ। आजैदेखि, अहिलेदेखि नै हामीले हृदयदेखि एकअर्काको सम्मान र सहयोग गर्न थालिहालौं।' प्रधानन्यायाधीश श्रेष्ठले प्रेस काउन्सिल नेपालको सभामा संविधान कार्यान्वयन हुन निकै गाह्रो छ, खर्चालु पनि छ भन्ने धारणा अघि सारेका थिए। यो मञ्चबाट भनेका छन्– नयाँ संविधान कार्यान्वयन हुनसकेमा निकै प्रगतिशील मौलिक हकहरुको सूची भएको हुनाले कार्यान्वयन भएमा अत्यन्तै महत्वपूर्ण हुनेछ। – स्टाफ रिपोर्टरु