Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय

१६ बिहिबार , कार्तिक २०८०९ महिना अगाडि

चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय

आज राति १२ बजेबाट सरकारले चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताए । मन्त्रि ज्वालाले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा सरकारले बढुवा गरेको समेत जानकारी दिएका छन् ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै  सिनियारिटीको हिसाबले राधिका अर्याल प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको उनको भनाई रहेको छ ।

त्यस्तै आजको बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरूलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।