Advertisement Banner
Advertisement Banner

२५ मंगलबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

१९ आइतबार , कार्तिक २०८०१० महिना अगाडि

भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

गत शुक्रबार राति आएको भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गराउने भएको छ । आईताबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

तत्काल उद्धार गर्नुपर्ने कार्य लगभग अन्तिम अवस्थामा पुगेकाले अब उपचारका लागि संघिय राजधानी काठमाडौँलगायत सबै अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको पनि आज बसेको मन्त्रिपरिषद्को बैठकमा बताइएको छ ।

तत्काल पीडितका लागि टेन्ट, पाल, खाद्यान्न, ओषधी र अस्थायी बसोबासको प्रबन्ध मिलाउने र तीन दिनभित्रमा खाद्यान्न र बसोबासको न्यूनतम व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ । साथै २०७२ सालको भूकम्पमा भएका निर्णय र कमजोरीलई सच्चाएर अघि बढ्ने निर्णय समेत गरेको बताईएको छ ।

७२ सालमा भूकम्पबाट प्रभावितलाई घर बनाउन सरकारले ३ लाख रुपैया दिएकोमा यसपटक ३ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बताईएको छ । तर भूकम्पपछिको पुनर्निर्माणको लागि सरकारले आर्थिक सहयोगको घोषणा केही समयपछि मात्रै गर्ने बताएको छ ।