Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

युवा संघ र दुर्गा प्रसाईलाई छुट्टाछुट्टै ठाउँमा प्रर्दशन गर्न दिने

०४ सोमबार , मंसिर २०८०८ महिना अगाडि

युवा संघ र दुर्गा प्रसाईलाई छुट्टाछुट्टै ठाउँमा प्रर्दशन गर्न दिने

सुरक्षा निकायले एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकलाई छुट्टाछुट्टै ठाउँमा प्रर्दशन गर्न दिने तयारी गरेको छ । मंसिर ७ गते दुवै पक्षले माइतिघर मण्डला केन्द्रित प्रर्दशन गर्ने तयारी गरेपछि सुरक्षा निकायले छुट्टाछुट्टै ठाउँमा प्रर्दशन गर्न दिने तयारी गरेको हो ।  

दुवै पक्षले यहि मंसिर ७ गते माइतिघर मण्डला केन्द्रित प्रर्दशन गर्ने तयारी गरेपछि सुरक्षा रणनीति तय गर्न आइतबार गृह मन्त्रालयमा भएको छलफलमा फरक फरक ठाउँमा प्रर्दशन गर्न दिने निर्णय भएको बताईएको छ ।

सुरक्षा निकायको बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षधर र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्षधरबीच झडप र भिडन्तको अवस्था आउन नदिन चनाखो रहनुपर्ने निष्कर्ष निकाल्दै गृहसचिवको संयोजकत्वमा बसेको बैठकले प्रसाईं पक्षधरका लागि नारायणचौरमा स्थान दिइने भएको हो ।

आइतबार गृहसचिव दिनेश भट्टराईले काठमाडौं, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुरक्षास्थितिबारे छलफल गरेका थिए । बैठकले समस्यालाई राजनीतिक रुपमै समाधान खोज्नुपर्ने निष्कर्ष समेत निकालेको छ । यो विषय सुरक्षासँग मात्रै भन्दा पनि राजनीतिक रुपमा समेत जोडिएकाले यसलाई राजनीतिक नेतृत्वले नै समाधान गर्न चासो देखानु उपयुक्त हुने  बैठकको निष्कर्ष छ।