Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

जनताको कामलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

०४ सोमबार , मंसिर २०८०८ महिना अगाडि

जनताको कामलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताका कामलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार रुकुम पूर्वका जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिंदै देश सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरेका थिए ।

कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन जरुरी रहेको बताए । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका प्रधानमन्त्री दाहाललाई रुकुम पूर्वको विकट गाउँ पुथा उत्तरगङ्गाको मैकोटवासीले भव्य स्वागत गरेका थिए ।