Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

उपत्यका लगायत मुख्य नाकाहरुमा सुरक्षा व्यवस्थामा कडाई

०६ बुधबार , मंसिर २०८०८ महिना अगाडि

उपत्यका लगायत मुख्य नाकाहरुमा सुरक्षा व्यवस्थामा कडाई

प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाईं समूहले ७ मंसिरमा आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा तुल्याएको छ । प्रदर्शनलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा गर्दै बनाएको हो ।

काठमाडौँ छिर्ने मुख्य नाकाहरुमा सुरक्षा निकायले जाँचलाई कडा बनाउदै भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको बताईएको छ ।

ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा गाडीमा विशेष जाँच गर्न थालेको छ भने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गाडीमा चेकजाँचसहित आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् ।

जसका लागि थानकोट, फर्पिङ, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायतका क्षेत्रमा गाडी रोकेर जाँच गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार आवश्यक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले प्रदर्शनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था कडा पारिएको र दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जुलुस, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

हिजोदेखि ३० दिनका लागि निषेधित गरिएको राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरमा रहेको संसद् भवन र सिंहदरबार, माइतीघर, नयाँबानेश्वर क्षेत्र लगायतका स्थानहरु रहेका छन् । त्यस्तै ललितपुरको पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।