Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आइजीपीलाई उन्मूक्ति किन?

०६ सोमबार , पौष २०७२१० बर्ष अगाडि

वाशुदेव वाग्ले :-
सशस्त्रलाई बााध्ने, नेपाल प्रहरीलाई छाड्ने? कोषराजको भ्रष्टाचार देख्ने अख्तियारले नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्तको भ्रष्टाचारचाहिं किन नदेखेको हो कुन्नी? नेपाल प्रहरीलाई दूधले नुहाएको देख्ने अख्तियारको आाखा फुलो परेको रहेछ कि कसो? २०६३ सालका एसपी यी उपेन्द्रकान्त अर्याल त्यतिबेलै अनुसन्धानको घेरामा परेका थिए। त्यतिबेलै २३ लाखको स्रोत खुलाउन नसकेका अर्यालको अहिले अरवौं सम्पत्ति छ। त्यो कहााबाट आयो भ्रष्टाचार नगरेको भए?
स्रोत भन्छ: उनको जागीर जीवनको बैध आन्मानी भनेको जम्माजम्मी ५० लाखमात्र हो। उनले बपौतीका रुपमा जम्मा ४० हजार रुपैयाा पाएका थिए। यति सानो आम्दानी भएका आइजीपी उपेन्द्रकान्त अर्यालको छानबिन हुन जरुरी थियो तर अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई दाहिना बनाउन सफल भएकैले उनको अनुसन्धान भइरहेको छैन। यी नेपाल प्रहरीको इतिहासमै बदनाम आइजीपी पनि हुन् जसले अवैध सम्पत्ति लुकाउन श्रीमतीको दाइजो देखाएका छन्। जबकि उनकी श्रीमतीलाई दाइजो दिनसक्ने उनको माइतीको हैसियत नै छैन। त्यसमाथि दाइजो प्रथा उन्मूलन गर्ने अभियान चलिरहेको बेलामा आइजीपीले नै श्रीमतीको माइतीबाट पाएको दाइजो देखाएर भ्रष्टाचार लुकाउाछन् भने लाजमर्दो भएन र?
बासबारीउता हात्तिगौंडाको घर अहिलेको मूल्यअनुसार १० करोड जाने देखिन्छ। सबै सम्पत्ति जोड्दा आइजीपी उपेन्द्रकान्त अर्यालसाग यतिबेला ४ अर्वको सम्पत्ति छ। एउटा आइजीपीको सम्पत्ति ४ अर्वको हुन्छ भने उनी अनुसन्धानको दायरा पर्दैनन् अनि यो देशमा सुशासन हुन्छ कि भ्रष्टाचार? धेरैको प्रश्न छ।
उपेन्द्रकान्त अर्याल निम्न बर्गीय परिवारका व्यक्ति हुन्। अहिले नवसामन्त बनेका छन्। अच्युतकृष्ण खरेलको पीएबस्दा देखि उनले औंला घुमाएर घ्यू झिक्न र घ्यू चाट्न सिकेका हुन्। तत्कालीन अवस्थामा राजनीतिक र शक्तिको प्रभावमा उनको तामेलीमा रहेको फाइल अहिले झिकेर अनुसन्धान गर्नु जरुरी छ। अन्यथा सशस्त्रका आइजीपी कोषराज वन्तलाई भ्रष्टाचारी देख्ने अख्तियारले भ्रष्टाचारमा लथपथ भएको नेपाल प्रहरीमा नदेख्नु पूर्वाग्रह हुन जाने निश्चित छ।