Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दिल्लीको निर्देशनमा बनेको नयाँशक्तिले केही गर्दैन

१३ सोमबार , पौष २०७२१० बर्ष अगाडि

रामप्रसाद खनाल
रामप्रसाद खनाल बिदेशमा रहेर पनि नेपालका बारेमा चासो राख्ने र आ136ना विचार ब्यक्त गर्ने व्यक्ति हुनुहुन्छ ्र नेपाल मदर डटकमका प्रधान सम्पादक, अन्तराष्ट्रिय कलाकार मंचका केन्द्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय साहित्य समाज डी.सी. मेट्रोका अध्यक्ष हुनुहुन्छ। हालै सरोज खनाल बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश  गरेको बारेमा उहााले असन्तुष्टि ब्यक्त गर्नु भएको थियो। यो असन्तुष्टि किन? रामप्रसाद भन्नुहुन्छ–
सरोज खनाल नयाा शक्तिमा जाने खबरले तपाई किन चिन्तित हुनुभएको?
सरोज खनाल जी नेपालको अब्बल दर्जाको कलाकार र सचेत नागरिक हुनुहुन्छ।्र उहाा बाबुराम भट्टराई जस्तो पढे लेखेको तर उल्टो विद्वानको पछाडी लाग्नु हुदैन भन्ने मेरो व्यक्तिगत विचार हो। बाबुराम  जसले आफ्नो पीएचडी नेपाल नष्ट गर्नका लागि प्रयोग गरेका छन्। सत्र हजार जनताको रगत बगाउन प्रयोग गरे। सोझा साझा गरिब, निमुखा, अनपढ, विवस,  जनताहरु उछाल्ने, भड्काउने, राष्ट्र, राष्ट्रियता, कमजोर बनाउने बाबुराम भट्टराई जस्ता भारतीय एजेन्टको कथित नयाँ शक्तिमा सरोजजी लाग्नु भनेको एक प्रकारको जीवन भरको कमाई, लोकप्रियता, प्रतिष्ठा सबै नष्ट गर्नु हो भनेर मैले चिन्ता लिएको हुँ। मलाई विश्वास छ, उहााले त्यस्तो आत्मघाती कदम अगाडी बढाउनु हुने छैन।  
नया शक्तिका बारेमा तपाइको धारणा के हो? तपाईले बिशेष गरेर बाबुराम भट्टराई भएको कारणले यो शक्तिलाई नराम्रो भने जस्तो देखिन्छ ्र यहा रामेश्वर खनाल, प्रदीप गिरि जस्ता व्यक्ति पनि त छन् नी? पूर्वाग्रह राखेको हो?
मलाई आश्चर्य लागेको कुरा यो पनि हो की रामेश्वर खनाल जस्ता योग्य प्रशाशक, प्रदिप गिरि जस्ता बौद्धिक, तार्किक राजनीतिज्ञ, किन र कसरी बाबुराम जस्तो अपराधीको चक्रब्यूहमा फस्दैछन्। समयले यो सबै बिस्तारै बाहिर ल्याउने छ। उहांहरु मात्र होइन अरु जो भएपनि बाबुरामलाई साथ दिने भनेको अपराध र अपराधीलाई साथ दिनु हो। बाबुरामले दश बर्ष जनयुद्धका नाममा देश बर्बाद पारे। ०६२ देखि ०७२ सम्म संविधानका नाममा जनता झुक्काउदै र ब्रम्हलुट गर्दै भारतीय ईशारामा नाचिरहे। अब अर्को दश बर्ष नयाँ शक्तिका नाममा खानेछन् अनि, यिनी त माथि जानेछन्, देश र जनता शुन्य। सबैले उनका पछाडी लग्नुभन्दा पहिला एकपटक सोच्नेछन् भन्ने मेरो आग्रह हो। भिरमा जाने गोरुलाई राम राम भन्ने हो कााध नै थाप्न त कसले सक्छ र।
पुराना शक्तिहरु पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेका र अनियमितताको पराकाष्ट नाघेकाहरु मात्रै त छन् नी। उनीहरुलाई तपाईले किन बचाऊ गर्नुभएको?
म कुनै पनि दलमा आवद्ध नभएको स्वतन्त्र पत्रकार र कलाकार  हुँ। मलाई कसैलाई काखा र पाखा गर्नु पनि छैन ्र हेर्नुस। राणा शासन नभएपनि पंचायत, ०४६ पछिको बहुदलिय अभ्यास, ०५९ देखि ०६२ सम्मको निस्त्रि्कय र सक्रिय राजाको शासन, ०६२–०६३ देखि हालसम्मको कथित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको गतिबिधि हेर्नुस। राजा, कांग्रेस, एमाले, राप्रपा, माओबादी, सबै पूर्ण रुपमा फेल भएको दुनियाले देखेको छ। एमाओबादिका प्रचण्ड र बाबुरामको शासनकाल फेल मात्र होइन पूर्ण रुपमा फ्लप पनि भएको हो। म त स्वतन्त्र ब्यक्ति जे देख्छु र भोग्छु त्यही बोल्छु र लेख्छु ्र कसैलाई बचाउनु छैन ्र तर  प्रचण्ड र बाबुरामका बारेमा भन्नु पर्दा यी नेता हुदै होइनन्। यी नेताका रुपमा क्रिमिनल (अपराधी) मात्र हुन् ्र यिनीहरुभन्दा ठुला भ्रष्टाचारी अरु कोहि छैनन्। लडाकुका नाममा र शहिदका नाममा देशको ढुकुटी स्वाहा पार्ने यिनै होइनन्? कुन नाकले नया शक्ति शुरु गर्दै छन्? आज देशमा व्याप्त हत्या, हिंशा, अपहरण, फिरौती, लुटपाट, कालोबजारी र चन्दा सबैका गुरु प्रचण्ड र बाबुराम नभए अरु को हुन्? आफ्नी छोरीलाई जनयुद्धदेखि नै भारतमा पढाएर गरिब र दिनहिनका छोरीहरुलाई बन्दुक बोकाउने बाबुराम मेरो नजरमा मात्र एक अपराधी हुन् ्र यस्ता अपराधीको नेतृत्वको नयाा शक्तिको कुनै तुक छैन ्र कोही भ्रममा नपरे हुन्छ।
नया शक्तिका बारेमा अरुहरुले पनि कुरा चलाएका छन्, उनीहरुप्रति तपाईको धारणा के छ?
अबको जमाना भनेको प्रजातान्त्रिक जमाना हो। खुल्ला अर्थतन्त्र को जमाना हो।्र अब बिपीबाद, महेन्155वाद, मार्क्सबाद, लेलिनबाद वा अन्य केही वादले देश चल्नेवाला छैन। अब त देश विदेश सबैतिर हेरेर समयानुकुल सुधार, विकास गर्दै अगाडी जानुको विकल्प छैन। नयाा शक्तिको अबधारणा अरुहरुले पनि बाहिर ल्याएका छन्। पत्रकार मित्र रविन्155 मिश्र, डा. उपेन्द्र देबकोटा लगायत केहि नेपाल र नेपालीलाई माया गर्ने वास्तविक नेपालीहरु पनि बहसमा उत्रिएका छन् ्र आशा गरौ स्वच्छ छबि भएका, योग्यता, क्षमता भएका, देश विदेश घुमेका,  समय परिस्थिति बुझेका र गैर अपराधीक पृष्ठभुमी भएका नेपाल आमाका सच्चा सपुत अगाडी आउनु हुनेछ, त्यो जरुरी छ। अर्कोतर्फ बाबुराम र उनको नया शक्ति प्रति त घृणा बाहेक केही ब्यक्त गर्न सक्दिन।
अन्त्यमा केही?
विदेश बस्दा देश अझै दुख्ने रहेछ ्र आज हाम्रो देश नेपाल कस्तोबाट कस्तो भयो हेर्नुस त। सदियौंदेखि मिलेर बसेको चार जात छत्तिस बर्णको साझा फुलबारी नेपाल आज भााडिएर कस्तो भयो? हेर्दा हेर्दै देश अब टुक्रिने अवस्थामा आईपुगेको छ ्रसोमालिया, हाईटी, कंगो, ईराक, अ136गानीस्तानको बाटोमा छ नेपाल ्र जात,धर्म, भाषा र भूगोल लगायत थुप्रै तेरो र मेरोको मुद्धामा अल्भि्कएको छ ्र यिनै नाममा सुन्दर शान्त नेपाल ध्वस्त पारिदैछ ्र यो सब गराउने प्रचण्ड र बाबुराम भट्टराई जस्ता राजनीतिक अपराधीहरु राजनीतिमा जीवित रहदासम्म, राजनीतिमा हावी हुदा सम्म हामीले हाम्रो देशमा कुनै राम्रो कुरा अपेक्षा नगर्दा हुन्छ ्र यिनैहरुको पछाडी लागेर एमाले, कांग्रेस, राजावादी, मधेशवादी सबै चुकीरहेका छन् ्र देशलाई अझै कमजोर परिरहेका छन् ्र बिदेशी ईशारामा नाचीरहेका छन् ्र १२ बुंदे दिल्ली सम्झौताको प्रतिफल देखिहाल्नु भएको छ, देशले कसरी मूल्य चुकाउँदैछ ्र हर क्षेत्र तहस नहस पारिदैछ ्र मुलुक सिक्किमीकरणमा पुग्ने खतरा छ ्र सोमालिया बन्ने खतरा पनि छ ्र भोलि के हुन्छ कसैलाई थाहा छैन ्र नेपाल भोलि कथा मात्र बन्न सक्छ ्र यस्तो अवस्थामा राष्ट्र लाई माया गर्ने सच्चा सपुतहरु जन्मनु पर्दछ, अगाडी आउनु पर्दछ र दिल्लीका तलबी हरुलाई पख लगाउनु पर्दछ ्र पुराना दल र पुराना अनुहारबाट देश पार लाग्दैन भन्नेमा म पनि सहमत छु ्र तर दिल्लीको तलब खाने नेताले बनाएको नयाँ शक्तिले पनि केहि गर्दैन ्र नयाँ शक्ति हरेक कुरामा नयाा हुनुपर्छ ्र थाकेका, गलेका र ढलेका पुराना मान्छेहरुको शक्ति नयाा शक्ति हुनै सक्दैन। (द नेपाल टूडे)