Advertisement Banner
Advertisement Banner

०४ मंगलबार, बैशाख २०८१15th April 2024, 5:47:52 am

साम्राज्यवादबाट कसरी बच्यो नेपाल ?

०२ मंगलबार , माघ २०८०३ महिना अगाडि

साम्राज्यवादबाट कसरी बच्यो नेपाल ?

सुरेश कुमार पाण्डें– - - - 
विश्वको इतिहासमा थुप्रै स्वतन्त्र देशहरूको अस्तित्व गुमेको देख्दै आएका छौँ । त्यसमा घरेलु परिस्थिति, छिमेकीले उठाएको फाइदा जिम्मेदार छन् ।
भारतको आजादी १९४७ पछि भारतले नै १९७५ मा सिक्किमलाई भारतमा बिलय गराइदियो । अहिले काश्मिर र नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा खाइदिएको छ । यसमा भारतको बिस्तारवाद सफल भयो । नेपालका राष्ट्रवादीहरू सन्निपात लागेजसरी मौन छन् । प्रधानमन्त्री भारत गए, भारतका विदेशमन्त्री नेपाल आए, वर्तमानदेखि पूर्वप्रधानमन्त्रीहरू र विचारकहरूले समेत लाइन लागेर भेटे, नेपालमाथिको अत्याचारबारे कुरा उठाउन सकेनन् । किन ?
हुन त कविला युगदेखि नै एक आर्को माथि हमला गर्ने दादागिरी चल्दै आएको हो । त्यो परम्परा रोकिएको छैन । त्यो परम्परा नयाँ र आधुनिक प्रकारको बन्दै गएको छ । पहिले पृथक भएका बाइसे चौविसे राज्यहरूलाई पृथ्वीनारायण शाहले गरेको एकिकरण जस्तो होइन । नेपाल निर्माताको एकीकरण विशिष्ट थियो ।
कुनै वेला हाम्रो देश नेपाल टिष्टादेखि काँगडा–सतलज सम्म फैलिएको बिशाल थियो । वि.स.१८७१ को नेपाल र अंग्रेज बिचको युद्ध खलङ्गाको नालापानीमा नेपालका वीर सैनिक बलभद्र कुँवरले ६०० जना महिंला बाल बालिकालाई लिएर नालापानीको किल्लाको रक्षा गर्दै थिए । त्यो लडाइमा अंग्रेज सेनाको सेनापति जनरल जिलेप्सी समेत मारिएका थिए । पानीको मुहान थुनेर अंग्रेजहरूले कायरता प्रदर्शन गरे । त्यही लडाईको परिणती १८७३ को सुगौली सन्धि हो ।
त्यही सन्धिले नेपालको ठूलो भूभागलाई भारतमा गाभ्यो । सन् १९४७ मा भारतको आजादी पछि भारत नेपाल र अंग्रेज बिच त्रिपक्षिय सन्धिले यो अघिका सबै सन्धि सम्झौता र कवुलियतनामालाई खारेज गर्यो । सन् १९५० जुलाई ३१ शान्ति तथा मैत्रि सन्धि समेतले खारेज गरिसकेपछि पनि त्यो भूभाग नेपालले फिर्ता लिन सकेन । आजाद भारतले पनि आफै दिएन । सन १८४२ मा सन्धिद्वारा चीनले गुमाएको र ब्रिटेनको उपनिवेसिक रहेको हङकङ्गलाई सन १९८४ को सम्झौताद्वारा फिर्ता पायो । नेपालले आफ्नो हक माग्न सकेन, दिनेले दिएन ।
हाम्रो छिमेकी भारतले बिस्तारै छिमेकीहरूलाई आफ्नो अधिनस्त राख्ने ब्यवहार अप्नायो । तर भारतले अंग्रेजले अप्नाएको पुरानो बाटो फुटाउ र राज गरको नीति अप्नाउँदै आएको छ । नेपाली एकता फुटाउने र राज गर्ने गरिरहेको छ ।
एसियाका आठ देशहरू सार्कमा सामिल छन् । पहिले सात थिए तर केही वर्ष पहिले अफगानिस्तान पनि सार्कमा सामिल भएपछि अहिले आठौटा देशहरू सार्कमा सामिल छन् । यो सार्कलाई भारतले सम्मेलन नै हुन रोकेर अधमरो पारेको छ ।
खास गरेर, नेपाल ,श्रीलङ्का, तिब्बत, भुटान, कम्जोर देशहरू मध्यका हुन । जस्मा तिब्बत चीनको अधिनस्त रहँदै आएको छ भने । भुटान (४६,६२० क्षेत्रफल) भारत संरक्षित मुलुक बन्न पुगेको छ । अफगानिस्तान (६,४६,५०० क्षेत्रफल) यहाँ २० वर्ष सम्म अमेरिकाको कठपुतली सरकार थियो । अहिले तालिवानी कटरपन्थिहरूको हालिमुहाली छ । नेपाल, भुटान, अफगानिस्तान सार्कका भुपरिवेष्ठित देश मध्यका हुन् । सार्कका शक्तिसालि देश मध्य भारत पाकिस्तान नै हुन । बाङ्लादेश पनि पूर्वी पाकिस्तानबाट सन १९७१मा फुटेर गएको देश हो ।
दक्षिण एशियाका नौं देशहरू (१) अफगानिस्तान(२) बङ्लादेश (३)भुटान (४)भारत (५) मालद्विप्स (६) नेपाल (७) श्रीलङ्का (८) म्यानमार (९) पाकिस्तान ।
दक्षिण एसियाकै शक्तिशाली देश मध्यको भारत हो ।उसले बिस्तारै सिक्किम निल्यो । जम्म्मु काश्मिर हिमाचल हैद्रावाद यी सबैलाई एक्लोटे बनायो । श्रीलङ्का निल्न लिट्टे कालमा सक्दो प्रयास गरेकै हो । अहिले भुटानको अबस्था दनीयय छ ।
भुटानले अहिले बेरोजगार युवाहरूलाई रोजगार दिन नसकेर आक्रान्त छ । कुल ८ लाख जनसंख्या रहेको भुटानमा भर्खरै मात्रै २२ हजार युवा अस्टे«लिया गएका बिभिन्न समाचारहरूमा उल्लेखित छन । नेपाल त युवा निकासीकर्ता भइहाल्यो ।
३ दशक पहिला प्रजातन्त्रको लागि आवाज उठाउने मानवाधिकारवादी नेता टेकनाथ रिजाललाई १०बर्ष जेल राखियो । करिब एक लाख भुटानीलाई देश निकाला गरेको थियो । झापा मोरङको भुटानि शरणार्थी क्याम्पमा ३० बर्ष देखि आफु आफ्नो देश जान पाउनुपर्ने माग राख्दै धेरैपटक बिन्ति गर्दा त्यहाँको राजाले सुन्न चाहेनन् । शरणार्थीका छुट्टै पीडा र अवस्था छ ।
नेपालका कयौँ नेताहरूले भुटानी नेता र शरणार्थीका नाममा भ्रष्टाचार गरेका अनेक प्रकरणहरू सडकदेखि अदालतसम्म छरपस्ट देखिन्छन् । त्यसैले राजा आएर वा लोकतन्त्र भएरमात्र विकास हुन्छ भन्नु गलत हो । मुख्य कुरो नेतृत्वमा नैतिकता र लोकप्रतिको जवाफदेहीता हुनुपर्ने रहेछ । नेपालका सन्दर्भमा न राणाशाही चल्यो, न तानाशाही, न बहुदल फाप्यो, न लोकतन्त्र । व्यवस्था परिवर्तन भयो, लोक र देशको अवस्था परिवर्तन हुनसकेन । कारण एउटै छ– राजनीतिमा अपराधिकरण बढ्यो । नेतृत्वले स्वार्थपूरा गर्ने औजार बनाइदिए । तानाशाही चरित्रले कुनैपनि देशको वा देशका जनताको हित गर्न सक्दैन् ।
गणतन्त्र आयो, आधार निर्माणमा नेतृत्वबर्ग एकपछि अर्को गर्दै चुक्दै गएका छन् । देशमा गणतन्त्रको बलियो आधार के हुनसक्छ ? यसबारेमा नेपालका गणतन्त्रवादी नेताहरू समेत कुहिराको काग बनेको स्थिति देखिन्छ ।
एकातिर तानाशाही ब्यवस्थाबाट निस्किंदा नेताहरू आर्कोतिर साम्राज्यावादको विषालु महमा फसे । निजी स्वार्थ, लोभ र सत्ता मोहको परिणाम आज लगभग भुटानको अबस्था वा श्रीलङ्काको अवस्था जस्तै जस्तै नेपालको पनि हुनथाल्यो ।
सत्ताको लोभमा अगुवा नेताहरूले विस्तारै गलत बाटो छोप्न पुगे । यस्तै भएर त भनिएको होला “लोभले लाभ भयो तर लाभले बिलाप पनि भयो ।“
नेपालको इतिहासमा २००७ यताको राजनीति गतिविधीले त्यही देखाउँछ ।
अहिलेको जस्तै अबस्था अरू केही वर्ष रहिरह्यो भने हाम्रो देश इतिहासको अर्को सिक्किम हुने देखिन्छ । सिक्किममा राजतन्त्र हटाउँदा देश नै भारतमा बिलय भयो । नेपालमा गणतान्त्रिक अभ्यास गर्दागर्दै देशको हरिविजोग हुँदैछ ।
जतिवेला देशभित्र सङ्घियता प्रवेश भयो त्यो दिन देखि देशको अबस्था तरल बन्दै गयो । पहिले राजतन्त्र फर्किन्छ की भन्ने खतरा थियो । अहिले राजतन्त्र मात्र होइन, देशभित्र बिदेशीहरूले कब्जा जमाउने खतरा समेत बढेर गएको छ ।
छिमेकी मुलुक भारतको जोड नेपाललाई हिन्दु राष्ट्र बनाउँने छ । विस्व हिन्दु परिषदको पनि त्यही मत छ । कतिपय हाम्रा जनवादी, धर्मनिरपेक्षतावादी र कमरेडहरूसमेत हिन्दुराष्ट्रको पक्षमा चरित्र देखाउँदैछन् ।
एकातिर गणतान्त्रिक ब्यवस्थाका अग्रगमनकारी भनिएका भुरे टाकुरेहरूको मनोमानी झेल्दा घायल भएका जनता, आर्कोतिर आँ गरेको अजगर । जो देश समेत कुर्लुप्पै निल्न तमसिएको अबस्था छ । नेपाल जोखिमै जोखिममा छ ।
मुलुकको अबस्था डामाडोल गर्ने योजनामा बिदेशीहरू छँदैछन् । तिनलाई  मलजल दिने काम परिवर्तनकारी नेताहरू नै गरिरहेका छन् । पुँजिवादी गणतन्त्रमा पनि कुनै नीति हुँदोहोला, आचार सहिंता हुँदोहोला, नेपाली नेतृत्वमा नेपाल निर्माण गर्ने कुनै क्षमता र सीप देखिएन । यिनै नेताका कारण नेपाल बिघटन भयो, नेपालले अस्तित्व गुमायो भने आश्चर्य नमाने हुन्छ । किनकि जनयुद्धकालका प्रतिवद्धता माटो भइसक्यो, जनआन्दोलनताकाका आश्वासनहरू मरिसक्यो । जे बाँकी छ, त्यो नैतिकहीनता र जवाफदेही नभएको राजनीति र राजनीतिभित्र अपराधिकरणमात्र बाँकी छ । यस्तो राजनीतिले गर्ने भनेकै देश सिध्याउने हो । सचेत हौ ।