Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ऋणी महिलालाई करणी काण्ड

२७ सोमबार , पौष २०७२१० बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल
कृषि विकास बैंक, पुतली सडक शाखाका प्रुख गेहनाथ पौडेल, उपप्रमुख थानेश्वर पन्थी, सूत्रधार ड्राइभर भाइचा महर्जनविरुद्ध ऋणी टीकामाया गोलेले आफूलाई कार्यालय समयपछि बैंकमै, विभिन्न होटलमा लगेर पटक पटक सामुहिक बलात्कार गरियो भनेर दिएको उजूरीकाण्डले असाध्यै सफल भनेर चिनिएका एसएसपी सर्वेन्द्र खनाललाई नराम्ररी गाँज्दै गएको छ। आखिर के हो यो करणी काण्ड? त्यो पनि सरकारी बैंक र बैंकका कर्मचारीहरु मिले?
गोलेले भदौ २७ गते उजूरी गर्न जाँदा प्रहरीले उजूरी लिन मानेन। असोज १२ गते हुलाकबाट उजूरी पठाइयो। तैपनि यो करणीकाण्डबारे प्रहरीले कुनै छानबिन नगरेको आरोप छ पीडित टीकामायाको।
उनको दावी छ– ती हाकिम, ड्राइभरको फोन नं ९८४१०८६८०, ९८४१२५१८३२ र ९८४१६८३९०० को कल डिटेल हेरेमात्र पनि आफूमाथि करणी गरेको प्रमाण भेटिनेछ। यसबाहेक उनीहरुले खिचेको भिडियो समेत प्रमाणका रुपमा पेश गर्न सक्छु।
यौन शोषणको यो काण्ड र करणी प्रकरणले कृषि विकास बैंकदेखि राष्ट्र बैंक र अर्थमन्त्रालयसम्म व्यापक चर्चा पाएको छ। यस प्रकरणमा कारवाही नगर्ने एसएसपी सर्वेन्द्र खनालबारे हेडक्वार्टरले समेत चासो दिएको बताइन्छ। टीकामाया गोले जोरपाटीकी हुन्। उनले कर्जा थप गर्न आग्रह गर्दा उनलाई धितो कमसल भए पनि ओभर भ्यालुएसन गरेर कर्जा मिलाइदिने भनेर यौन प्रकरणमा फसाइयो। सुरुमा कोकमा केही मिलाएर मलाई लठ्ठ पारेर बलात्कार गरे, त्यसपछि निरन्तर होटल, लजमा ममाथि यौन शोषण गरिरहेको दावी रहेको छ। उनले जाहेरीमा जबर्जस्ती करणी, मानव बेचबिखन कसुरअनुसार यी अपराधीमाथि हदैसममको कारवाही गरिपाउँ भनेकी छिन्। अव हेर्नुछ, एसएसपी सर्वेन्द्र खनालले आफ्नो अपराधीविरुद्ध खडा गरेको उज्यालो प्रहरी अनुहारलाई कसरी दागरहित पार्नेछन्। सर्वेन्द्र खनाल ती प्रहरी हुन्, जसले केही महिनाभित्रै आपराधिक व्यक्ति र समूहहरुको सातापुत्लो लिइसकेका छन्। चरी, घैंटेजस्ता राजनीतिक संरक्षण पाएका गुण्डाहरुको इन्काउण्टर समेत भइसकेको स्थिति छ। यस्ता होनहार सुरक्षाकर्मीले जुन प्रकारको यौनकाण्ड घटेको छ, त्यसको तहकिकात गर्न सक्दैन भन्नु गलत हुनेछ। सर्वैन्द्र चुप छन्, तर यिनले भित्रभित्रै छानबिन गरिरहेको विश्वास धेरैको छ। यसबारेमा लामो समय गम खाएरबस्नु स्वयं एसएसपी सर्वेन्द्र खनालका लागि उचित हुनेछैन।