रोशन कार्की :
यिनलाई पनि फोक्सोको क्यान्सर भएको छ। यिनकी छोरीको मिर्गौलाले काम गर्दैन। हरेक दिन असहाय महिला, बालक, युवा, अधवैंशेको सूचना पत्रपत्रिकामा प्रकाशित भइरहन्छ: मलाई सहयोग गर्नोस्। आर्थिक स्थिति मजबुत भएकाले यसरी याचना गर्दैन। कान्ति बाल अस्पतालमा ब्लड क्यान्सर भएका बालबालिका छटपटिइरहेको सिंहदरवारले देख्दैन। किनकि न ती असहायको पहुँच सिंहदरवारसम्म छ, न सिंहदरवारलाई असहायहरुको पीडा हेर्ने फुर्सद नै छ। आर्थिक सहयोगको सुविधा बिपन्नका लागि हो। बिपन्न र पिछडिएका बर्गको पनि राज्य हो, तिनको सहायता राज्यले गर्छ भनेर राखिएको प्रावधानको दुरुपयोग राजनीतिक नेताहरुले गरिरहेका छन्। बिपन्न हेरेको हेर्यै भए। कडा रोग लागे बिपन्नले मर्नुपर्ने, पहुँचवालाले मर्नु नपर्ने? कस्तो लोकतन्त्र हो यो?
भ्रष्टाचारले सुागुर मोटाएझैं मोटाएका कांग्रेसी नेता जो भ्रष्टाचार काण्ड लागेर जेल भोगे, उनले २८ लाख उपचार खर्च लिए। खुमबहादुर खड्का, जसलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो, उनको २० लाख उपचार खर्च राज्यले बेहोर्यो। उनी पनि एउटा मिर्गौला फेरेर भर्खर दिल्लीबाट फर्किएका छन्। नेपालका उत्कृष्ठ अर्थमन्त्री ठहर भएका डा.रामशरण महत, जो नेपालका धनाध्ये अर्थमन्त्रीमा पनि गनिन्छन्, उनलेसमेत अमेरिकामा उपचार गराएको भनेर ३ लाख उपचार खर्च लिएरै छाडे।
पूर्वसांसाद एकनाथ रानाभाटले ६ लाख,रामनाथ ढकालले १० लाख, पूर्वमन्त्री रामचरण चौधरीले १० लाख, एकनाथ रानाभाटले ६ लाख, पूर्वगृहराज्य मन्त्री महेन्द्र यादवले ८ लाख, पत्रकार गोपाल थपलियालाई २५ लाख, सांसद प्रेमकिशोर साहलाइ ६ लाख, पूर्वसांसद मोहन खत्रीले २ लाख ५० हजार, साहना प्रधानलाई २७ लाख, पूर्व सांसद शान्ता चौधरीले ५ लाख, तत्पबहादुर बिष्टले सााढे ९ लाख, सञ्चारमन्त्री शेरधन राईल्ो ५ लाख, पूर्वसांसद सिद्धराज ओझाले ५ लाख, खेलाडी दीपक महर्जनले ७ लाख, सहसचिव सोमबहादुर थापाले १० लाख राज्यकोषबाट नगद आर्थिक सहायता लिएका छन्। यसमध्ये रामनाथ ढकाल र सहाना प्रधानको मृत्यु भइसक्यो। राज्यकोषको पैसाले उपचार गर्ने पूर्वप्रम सुशील कोइरालाले २ करोड ५० लाख लिए। केपी ओलीले उनको उपचारमा राज्यकोषको २६ लाख ३५ हजार खर्च भएको छ। यसबाहेक उनका टिमको अदृश्य राज्यकोष खर्च यसमा जोडिएको छैन। पदमा हुनेले आफन्त र कर्मचारीलाई त लाने नै भए। सबैभन्दा आश्चर्यपूर्ण उपचार खर्च प्रधानन्यायाधीश नबन्दै रामकुमार प्रसाद साहले लिएका छन्। उनी एउटा कार्यक्रममा थाइलेण्ड पुग्दा उनको ब्रेन हेमरेज भयो भनियो र उनले त्यतै एक महिना गुजारेर फर्किए र ५० लाख उपचार खर्च लिए। उपचार खर्च लिएपछि उनी प्रधानन्यायधीश बनेका हुन्।
केपी ओली प्रधानमन्त्री भएको सय दिन भयो। दुई सय पचहत्तर लाखभन्दा बढी उपचार खर्च बााडिसके। जनतासाग कर उठाउने अनि पहुाचवालालाई उपचार खर्च बितरण गर्ने गजबको चलन छ नेपालमा। जो बास्तवमै उपचार गराउन सकिरहेको छैन, बिपन्न छ, पहुाचवाला छैन, तिन सिंहदरवारमै छिर्न सक्दैनन्, कसरी उपचार खर्च पाउाछन् र? स्वास्थ्यका डाक्टरहरु भन्छन्– पहुाचवालाहरु मन्त्रिपरिषदको निर्णय हातहातै बोकेर आउँछन्, उपचार खर्चका नाममा लूट मच्चिएको छ। पहुँचवालालाई लाज पनि नलाग्ने रहेछ।