Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

गौतमबुद्धबाट के सिक्ने ?

२३ बुधबार , जेठ २०८१२ महिना अगाडि

गौतमबुद्धबाट के सिक्ने ?

सुरेशकुमार पाण्डे - - - -
सबैभन्दा पहिले हाम्रो देशलाई संसार भरिमा चिनाउँन बुद्धको प्रचार गर्नैपर्छ ।किन की गौतम बुद्ध एकजना नेपालका ऐतिहासिक र विस्वप्रसिध्द दार्शनिक हुँन । उनलाई शान्तिका र अहिन्शाका दुत् भनेर विस्वले चिनेको छ ।
हामीले हाम्रै देशमा जन्मिएका गौतम बुद्धबाट शान्ति अहिंसाको पाठ त सिक्छौं नै विस्वमा आफ्नो देशलाई पनि चिनाउँन सक्छौँ ।
अहिले विश्वका बाह्र भाषाहरूमा लेखिएका पुस्तकहरूमा बुद्धलाई नेपालमा जन्मिएको होइन बरू भारतमा श्रीलंका आदिदेशहरूमा जन्मिएको भनेर भ्रम सिर्जित गरिएको छ । यो भ्रम चिर्नको लागि हामीले बुद्धको बारेमा व्यापक अध्यायनको आबस्याकता छ ।
बुद्धको बारेमा शंक्षिप्तमा यसरी जान्न सक्किन्छ ।उन्को जन्म ई.पु.५६३मा भयो ।मृत्यु ई.पु.४०८३ मा ८० वर्षको आयुमा भएको थियो । उनि शाक्य वशंका थिए ।जन्म भएको जन्म जयन्ती बैशाख शुल्क पक्षको पूर्णीमा दिन् शुक्रवारमा भएको थियो । लुम्बिनी कपिलबस्तुको तिलौराकोट बाट देवदह जाँदा विचमा पर्ने लुम्बिनी भन्ने बनमा उन्को जन्म भएको थियो ।माता माया देवी र पिता शुद्दोदन् को कोखबाट जन्म भयो ।उन्को मावली रामग्राममा पर्छ ।उनको सानिमा– सौतेनी आमा)प्रजापतीले उन्को पालोनपोषण गरिन ।
गौतम बुद्धको १६ वर्षकै उमेर बिवाह भयो  । श्रीमतिको नाम यसोधरा हो ।उनि कोलिया राज्यका राजा  दण्डपानीकी छोरी हुन् ।यसोधराको वास्तविक नाम गोपा थियो तर बाल्यकालमा गापा भनिन्थ्यो । बौद्ध धर्ममा उन्लाई धनकी देवी मानिन्छ । सिद्धार्थ गौतमका छोराको नाम राहुल हो ।दिदीको नाम नन्दकुमारी हो ।दाजुको नन्दकुमार भनिन्छ । उनले गृह त्याग २९वर्षको उमेरमा गरे  । ३५वर्षमा उन्ले ज्ञान प्राप्त गरे ।उन्ले ज्ञान प्राप्त गरेको ठाउँ भारतको बोधगया हो ।पछि उन्को मृत्युपनि भारतकै कुशिनगरमा इपु.४८३मा ८०वर्षको उमेरमा भयो ।उनलाई महा काश्यापले दाग बत्ति दिएकोले होला उन्को मृत्युलाई महापरिनिर्माणा भनिन्छ । बुद्धको कुटियालाई गन्धकुटी भनेर भनिन्छ । उपरोक्त थोरै भएपनि बुद्धको बारेमा जानकारी हो ।
माथिको भनाइबाट वास्तबमा बुद्ध भगवान होइनन् एकजना मानिस नै हुन भन्नेकुरा बुझ्न गारो पर्दैन ।तर मानिसहरूले उन्लाई भगुबानको दर्जा दिएका छन्  । किन र कसरी त्यस बारेमा छुट्टै अध्यायनको खाँचो छ ।खास गरेर बुद्धको बारेमा गहन अध्यान गर्नुपर्छ ।
अब हामी गौतम बुद्ध सँग जोडिएको राष्ट्रियतको सवालमा शंक्षिप्तमा छलफल गर्ने छौँ । कुनैपनि देशका दार्सनिकहरू त्यो देशका रिढ नै हुन्छन् ।
हाम्रो देश दक्षिणमा छिमेकी भारत र उत्तरी छिमेकी चीन जस्ता ठुला देशसँग जोडिएको सानो भूपरिबेष्ठित देश हो । हामीले बन्दरगाहाबाट सामान ओसार पसार गर्नुपर्दा पनि यिनै देशहरू भएर जानुपर्छ ।त्यसैलेगर्दा पनि यिनी देशहरू सँग बिभिन्न समयमा बिभिन्न खाले सम्झौता र सन्धिहरू गर्दै आएका छौँ ।यो हाम्रो बाध्यता पनि हो । हामीले यि दुबै देशसँग सन्तुलन मिलाएर जानु हाम्रो बाध्यता हो । ठुला–ठुला साम्राज्यबादी देशहरूले हाम्रो देशलाई दुई ढुङ्गाको तरूल जस्तै बनाएका छन् । सांचै भन्नुपर्दा यि दुबै देशको तनातनीले हाम्रो देशलाई चुम्वकियरूपमा जोगाइराखेकाछन् ।कुनै एकतिरको शक्तिमा वृद्धी हुँनु वा उनिहरू दुबैको एकता हुनुभनेको हाम्रो लागि ठिक नहुनपनि सक्छ ।
खास गरेर हाम्रो सामाजिक परमपरा रहन सहन आदिले गर्दा दक्षिण तिर हामिलाई बढी झुकाएको कुरा कसैबाट पनि लुकेको छैन् । सामान ओसार पसारको लागि पनि भारत नै नजिक बनेको छ । पटक–पटक व्यापार र पारगमन सम्झौताहरूपनि हुँदै आएका हुन्छन् ।यद्यपी पारगमन सन्धी अन्तरराष्ट्रिय मुद्दा हो ।तर कतिपय अवस्थामा छिमेकी रिसायो भने पारगम सन्धिको पनि उलङ्घन गरेर आर्थिक नाकाबन्धी समेत गरेका उदारणहरू पाइन्छन्, २७साल ४५,साल र ७३साल आदिका नाकाबन्दी उधारणहरू बनेर हाम्रा अगाडि उभिएका छन् ।
यसरी के बुझिन्छ भने हाम्रो देशलाई दक्षिण छिमेकीले बढी अप्ठारोमा पार्दै आएको हामिले अनुभव गर्दै आएकाछौँ । यद्यपी भारतको आजादीका लागि अंग्रेजहरू सँग नेपाली जनताहरू लडेका र जेल नेल व्यहोरेका कयौं उधारणहरू हाम्रा अगाडी छन् । नेपाली जनताले भारतको स्वधिन आन्दोलनमा प्रतक्षा सहभागी भए र आवश्याक सहयोग पनि गरेकाथिए ।
तर पनि भारतको आजादी सन.१९४७ पछि सन् १९५०मा भएको नेपाल भारत र अंग्रेजहरू बिचको सन्धिलाई भारतले आफ्नो हितका लागि लागु गरेता पनि नेपालको हकका धारा लागु गरेन परिणाम १८१५÷१६को सुगौली सन्धिलाई खारेज गरिएता पनि उक्त सन्धि द्वारा नेपालको बिशाल भूभाग भारतमा आएको त्यो फिर्ता दिएनन् वा नेपालको फिर्ता लिने हैसियत भएन ।
सुगौली सन्धिभन्दा पहिले नेपाल टिष्टा देखि सतलजसम्म फैलिएको देखिन्छ । जो उक्त सुगौलि सन्धिले काटेर भारतमा मिसायो । त्यसपछिको देश मेची महाकालिमा साघुरियो । जसलाई सन १९५० को भारत तथा नेपालको शान्ति तथा मैत्रिसन्धिको धारा आठले खारेज पनि गरिसकेको छ ।त्यो भूभाग अहिलेपनि भारतमै रहेको छ ।यस्तै प्रकारको एउटा सन्धि सन् १८४२मा ब्रिटेनको उपनिवेसीक रूपमा रहेंदै आएको हङकङ्ग सन १९८४मा चीनले फिर्ता पायो ।जसलाई सन१९९७ जुलाई १ देखि हस्तानतरण गर्ने गरी सम्झौता भयो । उस्तै प्रकारको सन्धिबाट गुमाएको भूभाग चीनले लिन सक्यो तर नेपालले सकेन ।  सन १९५० को सन्धिलाई टेकेर धारा ७ अनुसार नेपाल अल्पमतमा पार्न भारतले कुनै कसर पनि छाडेको छैन । अतिक्रमित नेपाली भूभाग समेत भारत छोड्न मान्दैन् । कालापानी, लिम्पियाधुरा र लिपुलेख अहिले भारतको कब्जामा छ । भारतको नक्सामै समेटिएको छ ।
यसको बारेमा विस.२०५१ साल देखि भारत नेपाल बिच कुनै न कुनै रूपमा छलफल चल्दैपनि आएको छ । आन्दोलनहरू पनि भएका छन् । तर निष्कर्ष सुन्य बनेको देखिन्छ । बरू आन्दोलनहरूमा नेपालीहरूले ज्यान गुमाएका छन् । गत वर्ष भारतले नयाँ संसदभवनमा एउटा नक्सा बनाएर राख्यो । त्यो नक्सामा विराटनगर,कपिलबस्तु देखि लुम्बिनी सम्म अखण्ड भारत उल्लेख गरिएको छ । भारतले गौतम बुद्ध भारतमै जन्मिएका हुँन भनेर नेपालको भूभाग जो गौतमबुद्ध जन्मिएका थिए त्यो सबैलाई आफ्नो नक्सामा राखेर विश्वमा भ्रम दिंदै आएको छ ।
बिगतमा एकजना भारतिय चलचित्रका लेखकले सिता जन्मेको जनकपुर भारतकै भुमि देखाउँन खोजेका थिए । भारत नेपाललाई कसरी हतोत्साहित गर्ने कसरी नेपाललाई आफ्नो उपनिवेश बनाउने भन्नेबारे चिन्तित देखिन्छन् । कृष्ण नगरको रेलको स्टेसनमा गौतम बुद्धको सालिक सहित स्टेशनको नाम नै सिद्धार्थ राखेको छ ।
एकातिर हाम्रो समाज आफ्नो मौलिकता छाड्दै गएकोछ भने आर्को तिर छिमेकीले बिभिन्न बहाना बनाएर देशलाई आफ्नो अधिनस्त राख्न लगातार प्रयात्न भएको छ । नेपालमा जन्मिएका गौतमबुद्धलाई संसारभरि भारतमा जन्मिएको भनेर प्रचार गर्नुमा उस्को गम्भिर स्वार्थ लुकेको कुरा प्रष्ट छ । हामीहरूले गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने यथार्थलाई विश्वमा बुझाउन नसकेको अबस्था छ । गौतम बुद्धको फोटा राखेर नोट निकाल्ने, डाँक टिकट र बोर्डरहरूमा सालिकहरू बनाएर ठडाउने कामहरू नेपालले लगातार गर्नु अहिलेको आवश्यकता हो ।
हाम्रो देशलाई अखण्ड राख्नका लागि नेपाली एकता अपरिहार्य छ ।