Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

नेपालीले पढ्नै र जान्नैपर्ने इथियोपियाको घटनाक्रम

२३ बुधबार , जेठ २०८१२ महिना अगाडि

नेपालीले पढ्नै र जान्नैपर्ने
इथियोपियाको घटनाक्रम

डा. बेतमान भण्डारी र कुसुम ज्ञवाली (क्यानडा) (सान्दर्भिक विचार)
इथियोपियालाई द हर्न अफ अफ्रिका अर्थात अफ्रिकाको सिंङ् पनि भनिन्छ । इथियोपिया र नेपालमा धेरै समानताहरू छन्, यी दुबै देश भूपरिवेष्टित हुन् । इतिहासका कसैको उपनिवेश हुनु परेन । झण्डै आधा शताब्दी (१९७४ सेप्टेम्वर) अघिसम्म इथियोपियामा पनि राजतन्त्र थियो । डामहरिक जातका राजाको शासनकालमा देशका विभिन्न क्षेत्रहरूमा उनीहरूले नियुक्त गरेका रजौटोहरूले शासन गरेको थिए । बाह्य आक्रमण हुँदा सबै शासकहरू एक भएर परचक्रीको सामना गरेकाले कहिले पराधीन हुन परेन ।
इथियोपियाको पूर्वमा समुद्रसँग जोडिएको राष्ट्र जिबुटी १८८८ मा तत्कालीन राजाले फ्रेन्च उपनिवेशलाई देश केही समयकालागि बेचेको प्रसँग अहिले पनि इथियोपियाको पूर्वीभागमा रहेको सहर कोम्वोल्चाका स्थानीयहरू बताउँछन् । पूर्वोत्तर सीमामा रहेको जिबुटी रेडसी र गल्फ अफ एडन जोड्ने द्वारमा पर्छ । हाल १० लाख जनसंख्या भएको जीबुटीलाइ विदेशी समर्थित जातीय, पृथक्तावादी, अतिवादी शक्तिको आडमा इथियोपियाबाट अलग्याइयो । अहिले पनि जीबुटीमा फ्रान्सको मजबुत पकड छ र फ्रान्स लगायत चीन, इटाली, जापान, जर्मनी, स्पेन र अमेरिकाले आफ्ना सैनिक अखडा राखेका छन् आतंककारीबाट सुरक्षा गर्ने नाममा । जीबुटीको पूर्व र उत्तरी भागमा रहेको रेडसीले इजिप्ट र साउदी अरेविया जोड्ने जलमार्ग हो । गल्फ अफ एडेन एसिया जोड्ने जलमार्ग हो ।
इथियोपियाली जनताहरू राजतन्त्रात्मक शासन प्रणालीको राष्ट्रियता, सार्वभौमिकताको प्रशंसा गर्छन्, राजा हाइले सेलोसीले १९३१मा लिखित सम्विधानको प्रावधान ल्याएका थिए । राजपरिवार र आसेपासेको सङ्कीर्ण राजनैतिक घेरावन्दीबाट वाक्क किसान तथा विद्यार्थीहरूको चर्को विरोध भयो । जनताको भूमिमाथि पूर्ण अधिकारको मागले जन विरोधको दावानलमा घ्यू थप्यो । मौलिक अधिकारको लागी सत्ताले व्यहोराको चौतर्फी दबाब एकातर्फ थियो भने अर्कोतर्फ सशस्त्र विद्रोहले राजाको हत्या मात्र गरेन १९९४ मा अर्को शैनिक शासन सुरू भयो, यसको रोचक र रोमाञ्चक सन्दर्भ यस्तो छ– 
तत्कालीन सैनिक संगठन प्रख्यात इथियोपियाली लडाकू तिग्र्यान जातिको बाहुल्यता र नेतृत्वमा रहेको थियो । जातीय वीरताको दम्भको पर्खालले जनताका मौलिक अधिकार छेकियो । तिग्र्यान जाती ५ प्रतिशत थिए, त्यही जातीय शासनले राजतन्त्रपछिको १६ बर्ष आतङ्कपूर्ण शासन  समयलाई अहिले पनि रातो आतङ्क मानिन्छ । 
तिग्र्यान जाती युद्ध गर्न कुशल, निडर मात्र थिएनन्, चतुर कूटनीति र व्यापारिक कौशलमा पनि ख्याति कमाएका थिए । उनीहरूसँग आर्थिक अभाव थिएन । टिग्रे प्रदेशका साथै उत्तर तर्फको छिमेकी राज्य इरिट्रियाका विप्लवी जनसमुदायको सहयोगले सशस्त्र गुरिल्ला युद्ध छेडेका थिए । देशमा विद्रोह थियो, जातीय फुट थियो, दैनिक जुलुस र आन्दोलन थियो। यो जनताको राज्यप्रति मुखरित वितृष्णालाई समन गर्न भूमिमाथिको सरकारी स्वामित्व अन्त गरी १९७५ मा नागरिकका नाममा जग्गाधनी पुर्जा दिने घोषणा गरिएको थियो । राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति योजना नामको जनजाति र उनीहरूको संस्कृति संरक्षण गर्ने गरी स्वशासित स्थानीय सरकारले प्रावधान पनि ल्याइयो । राज्य विप्लब रोकिएन । जनताको असन्तुष्टी घटेन । राजतन्त्र सङ्कटमा फस्दै गयो । तिग्र्यान जातीका नेताहरूको पहलमा अन्य जातीय पार्टीहरू अमहरा, अरोमी, र दक्षिण इथियोपियन प्रजातान्त्रिक पार्टी मिलेर १९८८ मा इथियोपियन पिपल्स रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट 
(भ्एच्म्ँ) स्थापना गरे, नेतृत्व पनि तिग्र्यान जातीकै नेताले लिए । निरङ्कुश राजतन्त्रको विरूद्धको गुरिल्ला युद्ध मोर्चाबन्दी पछि झन् उर्लेर आयो, र सन १९९१ को मे महिनामा पुरै राज्य सत्तालाई बगाइदियो । तत्कालीन सत्तारूढ राजाका सैनिक प्रमुखहरू भागेर इथियोपियाको दक्षिण तर्फको छिमेकी केन्यामा शरण लिन पुगे । 
विद्रोही गुरिल्ला युद्धको सफलतापछि मौलिक हकको ग्यारेन्टी, आर्थिक सम्बृद्धी, भूमिमा किसानको पूर्ण हकका योजना आए । जातीय स्वायत्तता र पारदर्शी राज्यव्यवस्थाको कुरा आयो। शुसाशन र जनसहभागितामुलक योजना प्रणालीको प्रतिबद्धता आए । यस्तो रामराज्य बनाउने योजनाको कार्यान्वयन गर्न २५ वटा राजनैतिक पार्टी समावेश गराएर संयुक्त राष्ट्र संघ र अमेरिकी प्रतिनिधिको उपस्थितिमा विशाल सम्मेलन गरियो । दिगो शान्ति र सुदृढ प्रजातन्त्रको उद्देश्य प्राप्तिको लागी नीति नियम बनाउने कुरामा बहस् पैरवी भए। निष्ठा र समर्पणको राजनीति गरेको भान पार्न बहुदलीय संसदीय व्यवस्थाको  स्थापना गर्ने, पार्टीहरूलाई राजनैतिक स्वतन्त्रता दिने, जनताको मौलिक हकको सुरक्षा गर्ने मात्र होइन जाती(जनजातिको सांस्कृतिक प्रवर्धन गर्ने सम्मका प्रतिबद्धता गरियो । हालको इरिट्रियाका जनताले मागेको स्वतन्त्र राष्ट्रको विषयमा छलफल गरी वार्ता मार्फत शान्ति सम्झौता मार्फत टुङ्ग्याउन ३२ वटा पार्टीका नेताहरूको प्रतिनिधिहरूको ट्रान्जिसन गभरमेन्ट समेत बनाइयो । तर नेतृत्व भने भ्एच्म्ँ का तिग्र्यान जातीका नेताहरूबाटै लिइयो यो गभरमेन्टको पनि । तिग्र्यानहरूको बाहुल्यता रहेको उत्तरी भूभाग (हालको इरिट्रिया) मा गुरिल्ला युद्ध विराम गराइयो, शान्तिवार्ताको पहल गरियो र १९९३मा जनमत सङ्ग्रहको घोषणा गरियो । जनमत सङ्ग्रहमा बहुमत देखाएर स्वतन्त्र राष्ट्र घोषणा गरेपछि इथियोपिया भूपरिवेष्टित बन्यो । ...