Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

महराले राजनीति गरेर करोड कमाएछन्

२६ मंगलबार , माघ २०७२१० बर्ष अगाडि

महराले राजनीति गरेर करोड कमाएछन् : Bashudev Wagle : एमाओवादी नेता कृष्णबहादुर महराले १२ वर्ष माष्टरी गर्दा १ लाख १२ हजार र १० वर्ष राजनीति गर्दा ९७ लाख कमाएको बयान दिएका छन्। यो पढेका माष्टरहरु अव राजनीतितिर लागे भने आश्चर्य नमाने हुन्छ। किनभने १२ वर्ष पढाउँदा जम्मा एक लाख बाह्र हजार, राजनीति गरेको दशै वर्षमा ९७ लाख कमाई हुने भएपछि राजनीति सेवा होइन, नोटछाप्ने मेसिन भएन त?अख्तियारले २९ जना भीआइपीलाई समन जारी गरेपछि एमाओवादी महासचिव कृष्णबहादुर महराले आफ्नो सम्पत्ति विवरण यसै भनेर बुझाएका छन्। महासचिव महरा त यति धनी छन् भने २४ वर्ष अध्यक्ष भएका प्रचण्डसँग कति सम्पत्ति होला? एमाओवादीका अरु नेताहरु पनि 'नयाँ नयाँ विनोद चौधरी' रहेछन् भनेर बुझौं। रोल्पाबाट प्रकाशित हुने रोल्पा समाचार साप्ताहिकमा महराको अन्तर्वार्ता छापिएको छ र महराले आफूले १२ वर्ष शिक्षण पेशा गर्दा १ लाख १२ हजार कमाएको र १० वर्ष राजनीति गर्दा ९७ लाख कमाएको आफैंले खुलासा गरेका छन्। अव यो आरोप वा आशंका होइन, यथार्थ रिपोर्ट बनेको छ।

अख्तियारले पत्र काट्यो, महराले लिखित बयान थिए। त्यो बयानको अंश यही हो– सम्पत्ति विवरण बुझाएको छु। महराले सम्पत्ति विवरण बुझाउने पत्रमा यो राजनीतिक लडाइँ हो, यसको हल राजनीतिक तहबाटै खोजिनुपर्छ भन्ने जिकिर पनि गरेका छन्। रोल्पामा यतिखेर चर्चा छ– सबै रोल्पालीले महराकै बाटो लिनु उचित हुन्छ। किनभने राजनीति गरेपछि धनी हुन पाइनेरहेछ।
कृष्णबहादुर महराको सम्पत्ति विवरण देखेर, सुनेर आमनागरिकले जिब्रो टोकेका छन्। जिब्रो टोक्नैपर्ने र हो र भन्ने खालको छ महराको सम्पत्ति। महराले भ्रष्टाचार गरे वा गरेनन्, त्यो बिस्तारै सार्वजनिक होला। तर, उनको सम्पत्तिको स्रोत सही वा गलत के हो, अव अख्तियारले भन्नैपर्छ। त्यसै पनि लडाकालाई निकासा भएको बजेट एमाओवादीभित्र भ्रष्टाचार भएको आरोप स्वयं डा.बाबुराम भट्टराईले समेत लगाएका छन्। बैद्यपक्षको आरोप पनि छ र लडाकाहरुले समेत आरोप लगाएका थिए। अव दूधको दूध, पानीको पानी छुट्याउने जिम्मा अख्तियारको थाप्लामा आएको छ। कतै ठूला माछा समात्छु भन्ने अख्तियार प्रमुखले यिनै २९ जनालाई ठूला माछा भनेका त होइनन्?