Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पार्टी खुश पार्न नसक्नेले देश खुशी पार्ने

२६ मंगलबार , माघ २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ :
नेपालको इतिहासमै हँसीको पात्र बने प्रधानमन्त्री ओली। जग हँसाए यिनले। देश रुवाए, सार्वभौम जनताको कष्टका कारण बने। लोकतन्त्र संस्थागत गर्ने दायित्व भएका प्रधानमन्त्रीले लोकतन्त्रकै इज्जत लुटिदिए। अहिले जनस्तरमा प्रधानमन्त्री केपी ओली संवेदनहीन ठट्टाबाजका रुपमा चर्चित छन्। उनीबारे जनस्तर घृणा व्यक्त गरिरहेको छ भने उनकै एमाले पार्टीका बरिष्ठ नेताहरु उनको आलोचना गरिरहेका छन्। पार्टी खुश छैन, यिनले देशवासीलाई कसरी खुशी पार्न सक्छन्?

नेपालको इतिहासमै निर्लज्ज प्रधानमन्त्री बने यिनी।

नेकपा संयुक्तले यिनलाई दिएको विश्वास फिर्ता लिइसक्यो।

एमाओवादीले समेत एक्लै अघि बढ्ने हो भने सरकारबाट बाहिरिन सकिन्छ भनिसक्यो। राप्रपाले समेत सरकारबाट बाहिरिनेतिर छलफल सुरु भएको जनाइसक्यो। अर्थात केपी ओलीप्रति देशको समर्थन, मान सम्मान घट्दै गएको छ। केपी ओली प्राविधिक बहुमतका आधारमा मात्र प्रधानमन्त्री पदमा छन्। यसको ज्वलन्त प्रमाणि हुन् एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल। संविधानको कार्यान्वयन,राष्ट्र र पार्टी निर्माण विषयमा गतहप्ता आयोजित कार्यक्रममै यी नेताहरुले ओलीको चर्को आलोचना गरे। युवा नेता घनश्याम भुषाल, रामकुमारी झाँक्रीले त 'नीति के हो? जाने कहाँ  हो? थाहै छैन सरकारलाई, चुलोमा ग्यासको पाइप, हावाबाट बिजुली निस्केको कुरा सुनिन्छ' भनेर आफू एमाले भएकोमा आत्मग्लानी व्यक्त गरे। 'सपना बेच्ने काम गर्ने?' यिनको स्वरमा आक्रोस थियो, तैपनि पार्टी अध्यक्षले प्रतिक्रिया दिएनन्। पूर्वमन्त्री हुन् लालबाबु पण्डित। उनले त मन्त्रीपदबाट हटेपछि अहिलेसम्म गर्ने के हो? कसैले सम्पर्क नै गरेनन् भनेर एमालेभित्र हावा भरिएको कुरा गरेर अध्यक्षको आलोचना गरे।

यी नेताहरुको मुख्य चासो र चिन्ता थियो– नेपालमा भ्रष्ट र दलालहरुले राज्य प्रणाली चलाउन थाल्यो। र, नेपालमा भारतीय औपनिवेशिकता बढेर जाँदा पनि सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए।इमान भए दिल्ली, पटना र लैनचौरसँग डराउनु पर्दैन भनेर हिम्मत पनि दिए तर केपी ओलीले भित्रभित्रै निकै हारगुहार गरेर फागुन ७ गते दिल्ली दर्शन गर्न जाने निधो गरेका छन्। वीरगञ्ज नाका केही खुकुलो भएकाले जान लागेको उनको तर्क छ। देशभित्रको कालोव्यापार रोक्न नसक्नेले दिल्ली खुशी पार्ने भए। केपी ओली प्रधानमन्त्री भएको सवासय दिन भइसक्यो। यी दिनहरुमा उनको क्रियाकलापले उनकै पार्टी एमाले खुश हुनसकेन। सन्तोष लिन सकेन। यसको अर्थ एउटै निष्कन्छ– केपी ओली सरकार चलाउन असफल भए। उनको कार्यकालमा मधेस आन्दोलन मत्थर हुनसकेन। ५९ नागरिक मारिए। ओलीको शासनकाल लोकन्त्रको इतिहासमा कलंकपूर्ण रह्यो। ओली अव पदबाट हट्ने कि?