Advertisement Banner
Advertisement Banner

३० शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

नेपालमा चौहान बंशको विश्लेषण

०५ मंगलबार , असार २०८१२५ दिन अगाडि

नेपालमा चौहान बंशको विश्लेषण

डा.महेश सिंह चौहान- सल्लाहकार चौहान सेवा समाज -  -  -

नेपालमा चौहान क्षेत्री हुँ भन्दा धेरै जसोले भारतीय राजपूत हुन भन्ने र बुझन्ने थियो तसर्थ काठमाण्डौमा विभिन्न ठाउँबाट जागिर,व्यापार वा अन्य पेशामा रहेको चौहान बन्धुहरूले मिलेर २०६३ साल असार १२ गते मा सामाजिक संस्था चौहान सेवा समिती संस्थको स्थापना भयो । जसको  मुख्य उदेश्य  चौहान वन्धुमा बन्धुत्वको भावना विकास गर्ने र अरूसगँ मिली सामाजिक सेवा मुलक कार्यक्रमहरू गर्ने ।  २०६३ सालमा संस्थाको अध्यक्षमा श्री जीत बहादुर चौहान मनोनित हुनु भयो। उहाँको कार्यकाल २ वर्ष त्यस पछि श्री नारायण चौहान २ वषर्, श्री चित्र बहादुर चौहान २ वर्ष र वर्तमान अध्यक्ष श्री लालजंग चौहान हुनुहुन्छ । विगत वर्षमा यस संस्थाले वार्षिक निःशुल्क क्यालेन्डर वितरण,वनभोज, देउसी भैलो कार्यक्रम, रामेछापमा स्वास्थ्य क्याम्प,  रक्तदान कार्यक्रम, सहयोगी संस्था र व्यक्तिलाई सम्मान गर्ने,चौहान वृद्ध वृद्धालाई सम्मान गर्ने, समय समयमा चौहान समाजका बन्धुहरूलाई आवश्यक सहयोग र उहाँहरूको कार्यक्रममा उपस्थितभई हौसल्ला बढाउन मद्दत  गरेको छ । चौहान समाजको शाखाहरू अर्घाखाँची  शाखा, खोटाङ शाखा ,भोजपुर शाखा,इटहरी शाखा, यसपालि २०८१ बैशाखमा  अध्यक्ष श्री लालजंग चौहान र सचिव राजकुमार चौहानको उपस्थितिमा रामेछापमा नयाँ शाखाको उद्धघाटन गरियो ।२०८०÷२०८१को वनभोज चोङ्गा गणेश मन्दिर परिसरमा गरिएकोमा लगभग दुइसय चोहान बन्धुहरूको उपस्थितिमा दिदि बहिनीहरूको उपस्थिति बाक्लो थियो । यस वर्ष  वनभोजमा बिशिस्ट अतिथि प्रोफेसर.डा.श्री उत्तमकृष्ण कर्माचार्य हुनुहुन्थीयो । उहाँले निवर्तमान र वर्तमान अध्यक्ष ज्यूहरूलाई सम्मान गर्नुभयो र आफ्नो मन्तव्यका क्रममा चौहान समाज संस्थालाई चलाउनको लागि वैधानिक दस्तावेज चाहिन्छ र त्यो भनेको स्मारिका हो। स्मारिका बनाउन सबै मिलि प्रयास गर्नु र म आफ्नो तर्फबाट सहयोय गर्न तयार छु । यहि कार्यक्रममा वृद्ध वृद्धालाई  पनि सम्मान गरियो ।
चौहान सेवा समितिको भावि कार्यक्रम पुरानो र आवश्यक कार्यक्रमलाई  निरन्तरता दिदै केहि नयाँ कार्यक्रमहरू ः
१. स्मारिका निकाल्न समिति गठनको प्रक्रिया अगाडी बढाउने
२. कुलदेवता मन्दिर निर्माणको लागि योजना तर्जुमा गर्ने
३. नेपालमा बसोबास गर्ने चौहान बन्धुहरूको तथ्यांक संकलनलाई मुर्तरूप दिने र आवश्यक कमिटी बनाई कार्यक्रमलाई गति दिनु समयको माग हो ।
नेपालमा क्षत्रीय वा क्षेत्रीहरूको बसोबास पौराणिक कालदेखि देखिन्छ। सामान्य मान्छेको बुझाइ अनुसार क्षेत्रीहरू १२ औँ शताब्दीपछि मुस्लिमहरूको आक्रान्तबाट बच्न नेपाल आएका हुन् । त, ऐतिहासिक प्रमाणहरू अनुसार क्षेत्रीहरूको बसोबास धेरै पुरानो देखिन्छ । जस्तै.. रामायण कालमा क्षेत्रीहरूको बसोबास थियो। सीता माताका पिता राजा जनक सूर्यवंशी इक्ष्वाकु क्षत्रीयको पुत्र निमीका पुत्र हुन् । यसै गरी भगवान वुद्घ इक्ष्वाक वंशीय क्षत्रीय कुलमा राजा शुद्घोधन कहाँ जन्मिनु भएको थियो। नेपालमा राजपूत समूहहरू हिमाली भेगको मध्य र पश्चिम पहाडी क्षेत्रहरूमा बसोबास गरी त्यहाँ आफूसँग मेल खाने खस समुदायमा मिश्रित भए। पश्चिम नेपालका राजपूतहरूले खस राज्यलाई बाइसदेखि चौबीस राज्यमा टेक्रयाउन ठूलो भूमिका रहेको इतिहासकार फ्रान्सीस् टुकर बताउँछन् । भारतको उतराखण्ड र हिमाञ्चल प्रदेशहरूमा बढी सख्यामा चौहानहरूको बसोबास र वीरताको इतिहास छ  । जस्तै. उत्तराखण्डको उप्पुगढको वीर राजा कुफु चौहान र सहिद बेलमती चौहान । विभिन्न अभिलेख र ग्रन्थहरूमा चहुमान, चौहान,चौहवाण र चुहान शब्दको प्रयोग भएको पाइन्छ । नेपालको डोटीका कत्युर र उत्तराखण्डको कत्युर एउटा राजवंशीका थिए भनी इतिहासकारहरू बताउँछन् ।नेपालमा अरू जात जस्तै नेगी, विष्ट र अन्य जातहरू प्नि उत्तराखण्डबाट आएका हुन् ।
१४ औँ शताब्दीमा कर्नत राजा हरि नरसिंह देवसँग अन्य राजपूतहरू प्नि नेपाल आएका हुन । राजपूतहरूले मल्ल राजवंशहरूसँग वैपाहिक सम्बन्ध स्थापित गरे । मल्ल र दरबारिया नेवारहरू क्षत्रीय जातिको हैसियतले  एउटा क्षेत्रीय जातिको समूहका सामिल भए । जसलाई स्थानीय भाषामा चथरोय  वा क्षथरोय भनियो । राजा हरि नरसिंहदेवसँग आएका राजपूतलाई  चथरोय वा चतुर्य उपनाम पनि दिए ।  १४ औँ  शताब्दीमा आएका राजपूत वंशको सरनाम भएका क्षत्रीय वा क्षेत्रीहरू हाल नेपालमा बसोबास गर्दै आएकाहरू रघुवंशी, रावल, रामथोर, चौहान,हाडा अन्यहरू हुन्  । राजपूत वंश जसलाई चतरहिया जाति रूपमा जानिएको छ । यस अन्तर्गत मल्ल, प्रधानाङ्ग, रघुवंशी, राजवंश, राजभण्डारी, मास्के, मुन्शी राजवैध,अमात्य, राठौर, चौहान सरनेमहरू मिल्दोजुल्दो छ । शाह शासनकालका राजालाई १९५० ई मा हटाई प्रधानमन्त्री जंगबहादुर राणाले सत्ताको बागडोर आफ्नो हाथमा लिएपछि निर्णय गरे कि अब खसहरू खस नभनेर क्षेत्री वा क्षत्रिय भन्ने। त्यसपछि क्षत्रीय वा क्षेत्री सरनेम प्रचलनमा आएको देखिन्छ । तसर्थ भारतका दार्जिलिङ, सिक्किम, उत्तराखण्ड, हिमाचल प्रदेश र अन्य राज्यमा पनि गोर्खाहरूले यो सरनेम प्रयोग गरेको देखिन्छ ।क्षेत्रीहरू .. ऐर, अधिकारी, बिष्ट,वन्सी, वरूवाल, बुढाथोकी, बुढा, चुहान, चौहान, डागी, सिंह, सिलवाल, शाह, थापा, ठकुरी, पाण्डे अन्य । यसैगरी मधेसीहरूमा पनि क्षत्रीय जो नेपालमा बसोबास गरेका छन् । उनीहरूको सरनेम भारतको क्षत्रीयसँग मिल्छ । मिलेको देखिन्छ ।
चौहानहरूको वत्स गोत्रको उत्पत्ति र आधारहरू ः
ब्रहा का ९ जना मानस पुत्र हुन । भृगु, फुलत्स्, फुलह, अंगिरा, दक्ष अत्रि, क्रतु, मरीची, वशिष्ठ ऊनीहरूलाई ब्रहाले प्रजा उत्पत्ति कामको जिम्मा दिनुभयो । बिस्तारै बिस्तारै यिनीहरूको संख्या बदेर २६ भयो । त्यस पछि ५६ सम्म पुगेको देखिन्छ । तसर्थ यही ऋषिहरूको नामले गोत्र प्रचलनमा आयो । यसरी यिनीहरूको वंशजहरूको गोत्र आफ्नो उत्पत्ति ऋषिसँग सम्बन्ध भएको देखिन्छ । यसरी प्रत्येक ऋषिको नामको गोत्र, प्रवर, गण, उनीहरूको वंशज भयो । यस क्रममा वत्स गोत्र पनि आएको देखिन्छ । अब हामी वत्स गोत्रको चर्चा गर्दछौ । भगवान ब्रहका पुत्र कुलमा उत्पन्न ऋषि हुन् जसलाई  हामी ऋषि वत्स वा वात्स्यायन वा वच्छ पनि भन्ने गरिन्छ । महाऋषि भृगृ ऋगदेव  कालको भार्गव कुलका प्रवर्तक महाऋषि हुनुहुन्छ । भगवान ब्रम्हाले सृष्टि निर्माण र विकासको लागि ९ जना मानस पुत्रहरूलाई शरिरबाट उत्पन्न गर्नुभो, जसमध्ये महाऋषि भृगृ पनि एक हुन् । भृगृ ऋषिको उत्पत्ति ब्रम्हद्धारा गरिएको  यज्ञ आगोबाट भएको जनविश्वास छ । वरूण भगवानले भृगृ ऋषिलाई दत्तकपुत्र स्वीकार्नु भो तसर्थ भृगृ ऋषिको अर्काै नाम भृगृवारणी पनि भनिन्छ । तसर्थ भृगृको सन्तान भार्गव नामले प्रचलित भयो । च्यवन ऋषिको भार्गव वंश सर्वाधिक वृद्धि गर्नु भो भृगृ ऋषिको वंश परंपराको वृद्धि विकासको क्रममा केही ऋषिहरूको उत्पत्ति भयो । केहिी गोत्रहरूमा सुयोग्य गोत्रानुयायी ऋषिहरूकलाई गोत्र प्रबन्धनको अधिकार दिए । उनीहरू हुन....... ऋषि च्यवय वा च्यवन बाट उत्पन्न्न ऋषि आप्रुवान, ऋषि आप्रुवानको ओर्व, ऋषि ओर्वको ऋषि ऋचिका को ऋषि जमदग्री  र जमदग्रीको परशुराम हुनु भो । ऋषि च्यवन र महाराजा शर्यातिको पुत्री सुकन्याबाट उत्पन्न छोरो महाऋषि दधिची हुन । उहाँका दुई पत्नी थिए  एउटाको नाम सरस्वती र अर्काेको नाम अक्षमाला । महर्षि दधिची र सरस्वतीबाट उत्पन्न पुत्रको नाम सारस्वत । महाऋषि दधिची र अक्षमालाबाट उत्पन्न पुत्रको नाम ऋषि वत्स भयो । यहि क्रममा ऋषि वत्सका पुत्र जन्मे माधवनंद । माधवनंदले वत्स गोत्रलाई बिस्तार गरे ।
चौहान वंशको उत्पति बारे विभिन्न बिचारहरू पनि छन् । पृथ्वीराज रासो किताबमा लेखिएको दंतकथानुसार आबु पर्वतमा ऋषि तपस्या गरि रहेको समयमै दैत्यहरूले अग्निकुण्डमा रगत, मासु, हाडहरू फाल्न थाले र अध्यारो सिर्जना गरे ऋषि मुनि हरू डराए र महादेवको स्तुति गर्न थाले  त्यसपछि महादेवको कृपाले वत्स ऋषि, अत्रिऋषि चवनऋषि, विश्वमिध ऋषिहरू  आए र अग्निमा आहुती दिए । जसबाट चारवटा वंशको उत्पति भयो । 
१. पराशर ऋषिले दिएको आहुतीबाट पराशर गोत्र उत्पत्ति भयो ।
२. वशिष्ठ ऋषिको आहुती बाट परमार उत्पति भयो ( वशिष्ठ गोत्र)
३. भरद्धाज ऋषिको आहुतीबाट सोलकीं उत्पति भयो ( भरद्धाज गोत्र)
४.वत्स ऋषिको आहुती बाट चौहानको उत्पति भयो (वत्स गोत्र)
वत्स गोत्र विस्तार र शाखाहरू  । मूल...... ऋषि भृगृ, पाच प्रवर...भार्गव, च्यवन, अप्रमाण, ओरव, जमदग्री, गण...भृगु, वेद... सामवेद, उपवेद, गंर्धवसुत्र, गोविल, शाखा, कौथुमी शिखा, पादवाम, प्रथम गोत्र, कुल माधवानंद, तारिणी देवी, द्धितीय गोत्र कुल, च्यवन सिद्ध देवी, कुलदेवता, महादेव, उपास्य विष्णु । वत्सगोत्र.... तिवारी, चर्तुवेदी, पाण्डेय, भागवत, भैरव, नागेश, दहिल, जोशी, राणा, चौहान अन्य । ब्रम्हनले आफ्नो कार्य छोडेर आश्रमको अन्य काम गर्ने वर्गका मानिसहरू पनि वत्स गोत्र धारक भए । वत्सगोत्रको प्रभाव क्षेत्र जम्मू पञ्जाव, हरियाणा, उत्तर प्रदेश, आसाम, नेपाल, महाराष्ट्र र अन्य क्षेत्र हुन् ।