Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाली सेनाको १० बुदे लक्ष्य

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

नेपाली सेनाको आधुनिकीकरण र सुदृढिकरणसहितको सबल राष्ट्रिय संस्था कसरी बन्नसक्छ। यस विषयमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पूर्व महारथीहरु र वर्तमान सैनिक अधिकारीहरुसँग समेत विशेष छलफल गरेर समयानुकूल प्रशासनिक राष्ट्रिय र क्षेत्रीय चुनौतिको सामना गर्नसक्ने सक्षम सैनिक संगठन बनाउने उद्देश्यले १० बुँदे लक्ष्य तैयार पारेका छन्। यसमा सबैको चासो देखिएको छ।

के हुन् ती १० बुँदे लक्ष्यहरु?  राष्ट्रिय सुरक्षानीति, आन्तरिक प्रशासन, प्रभावकारी कल्याणकारी योजना र कार्यान्वयन, राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको संख्या, प्रभावकारिता, जनता र सेनावीचको अन्तरसम्बन्ध, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षामा नेपाली सेना, सैनिक कूटनीतिक क्षमतावृद्धि, नेपाली सेनाले उपयोग गर्ने बस्तुमा आत्मनिर्भरता मुख्य लक्ष्यहरु हुन्। अर्थात नेपाली सेनाले नयाँ फड्को मार्न लागेको संकेत हो यो।

२०४६ सालमा पञ्चायत ढलेपछि राष्ट्रिय सुरक्षानीति पनि ढल्यो। त्यसपछि बहुदल र लोकतन्त्रका यतिका वर्षहरुमा समेत राष्ट्रिय सुरक्षानीति बन्नसकेन। सेनाले आफ्ना लक्ष्यहरु निर्धारण गरेपछि राष्ट्रिय सुरक्षानीति निर्माण गर्न राजनीतिक दलहरु र सम्बद्ध विशेषज्ञहरुको सक्रियता बढेको देखिन्छ। \u000a    राष्ट्रसंघको शान्ति मिसनमा खटिने १ सय २३ राष्ट्रका सेनामध्ये नेपाली सेना उत्कृष्ठ मानिएको छ। यो नेपालको गौरव र अवसर पनि हो। यही कारण शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने नेपाल छैठौं ठूलो र गौरवपूर्ण राष्ट्र बनेको छ।

 राष्ट्रसंघका अधिकारीका अनुसार अन्य मुलुकका सैनिकलाई खटाउँदा जानु अघि खाने, बस्ने, सरसुविधा र सुरक्षाको समेत पुख्ता बन्दोबस्तको अध्ययन गरेरमात्र खटिने गर्दछन्। नेपाली सुरक्षाकर्मीलाई जहाँ खटाइन्छ, तिनले जे पर्छ, टर्छ भनेर तत्काल आफूलाई खटाइएको जिम्मेवारी लिन तम्सिहाल्छन्। यसकारण नेपाली सुरक्षाकर्मी उत्कृष्ठ, जोशिलो र भयमुक्तताका साथ आफ्नो कर्तव्य निर्वाहमा खटिने भएकाले राष्ट्रसंघको विश्वास र भरपर्दो सेनाको दर्जामा परेको छ।