Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दयनीय हवाई सुरक्षा, जिम्मेवार को?

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

लोकमानसिंह कार्की-

नेपालगञ्जबाट जुम्लाका लागि ११ जना व्यक्ति सहित उडेको एयर काष्ठमाण्डपको जहाज कालीकोट जिल्लाको चिल्खायामा दुर्घटनामा परेको खबरले म अत्यन्त दुखी भएको छु। तारा एयरको बिमान म्याग्दीमा गम्भिर दुर्घटनामा परेको दुई दिन बित्न नपाउंदै एयर काष्ठमाण्डपको विमानमा प्राबिधिक समस्या उत्पन्न भई आकस्मिक अवतरण गर्ने क्रममा पुनस् आज डरलाग्दो दुर्घटना भएको छ। आकस्मिक अवतरणको क्रममा पाइलट र चालकदलका सदस्यले देखाएको उच्चस्तरको विवेक, कौशल र निर्णय क्षमता अत्यन्तै सह्रानिय छ। यात्रुको सुरक्षाको खातिर आ136नो ज्यानको आहुति दिन समेत पछि नपरि जहाजलाई आकस्मिक अवतरण गराई हुनसक्ने थप क्षतिलाई रोक्न सक्नुले चालकदलको उच्च कोटिको व्यवसायिकता र कर्तव्य परायणतालाई प्रदर्शित गरेको छ।

 सुरक्षित हवाई सेवा सञ्चालनको लागि नेपाल सरकारले बनाएका ऐन कानुन र नियमलाई पूर्ण रुपमा पालन गर्नु एयरलाइन्स कम्पनिहरुको दायित्व हो भने यसको परिपालना भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गरि सुरक्षित हवाई सेवा प्रत्याभुत गराउनु राज्यको दायित्व हो। अन्तराष्ट्रिय नागरिक उड्डयन कार्यालय (क्ष्ऋब्इ) लगायत बिभिन्न अन्तराष्ट्रिय संघ(संगठनहरुले नेपालको हवाई सेवा असुरक्षित र जोखिमपूर्ण भएकोले सो सम्बन्धमा आवश्यक सुधार गर्न बारम्बार सुझाब दिंदादिंदै पनि हवाई दुर्घटनामा कमि नआउनु संयोग मात्र हो या प्रभावकारी जिम्मेवारि निर्वाह नभएको हो? एउटा प्रश्न चिन्ह खडा भएको छ।

भौगोलिक रुपले चुनौतिपूर्ण हिमाली र पहाडी क्षेत्रमा सुरक्षित हवाई सेवाको लागि बिशुद्ध मानवीय क्षमतामा मात्र भर नपरि मौसम सम्बन्धि सूचना प्रवाह गर्ने लगायतका अन्य आधुनिक प्रविधियुक्त उपकरणहरुको प्रयोगद्वारा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन जरुरी भएको छ। सेवा प्रदायकहरुले नाफामुखि सोंचबाट मात्र अभिप्रेरित नभई दायित्वबोधका साथ सुरक्षित सेवा प्रदानमा कुनै सम्झौता गर्न हुदैन र सरकारले यसको निरन्तर अनुगमन गरि सुरक्षित सेवा प्रदानमा त्रुटी गर्ने उपर कडा कारवाही गर्न कत्ति पनि हिच्किचाहट गर्नु हुदैन।

यस दुस्खद घडीमा हवाई दुर्घटनामा असामयिक निधन भएका चालकदलका सदस्यहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनि ईश्वरसंग प्रार्थना गर्दछु। साथै दुर्घटनामा परि घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु। यस अतिरिक्त हवाई यातायातसाग सम्बद्द सम्पूर्ण सरोकारवाला पक्षहरुलाई सुरक्षित हवाई यातायातका लागि अपनाउनुपर्ने सावधानी अपनाउन र भविष्यमा यस प्रकारका दुर्भाग्यपूर्ण घटना दोहोरिन नदिन आवश्यक पहल गर्न समेत अपिल गर्दछु। (फेसबुकबाट)