Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

सीके राउत र सीके लाल

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

अमेरिकी सरकारलाई हतियार उपलब्ध गराउने र अमेरिकी जासुसी संस्था सीआईएसँग विशेष सम्बन्ध भएको मानिने अमेरिकाको चर्चित हतियार कम्पनीमा काम गरेका चन्द्रकान्त उर्फ सीके राउत नेपालमा पुगेर सैन्य विद्रोहसम्मको योजना बनाइरहेका छन्। 'मधेश स्वराज' नामक पुस्तक नै तयार गरी प्रशिक्षण दिदै हिडेका राउतले उक्त पुस्तकमा मधेशलाई नेपालबाट अलग गराउने योजना बनाएका छन्। मधेसलाई नेपालबाट अलग गराउनका लागि  चाल्नु पर्ने रणनीतिका बारेमा विशेष खाका नै बनाएका राउतले विद्रोहको तैयारीमा छन्। 'म गौतम बुद्ध, महात्मा गान्धि र नेल्शन मण्डेलालाई साछि राखेर आन्दोलन सुरु गरेको छु। मेरो माग छुट्टै तराई देश नै हो, तराई माथि शासन गर्ने अधिकार नेपाली शासक वर्गको छैन।' भन्छन् सीके राउत।

राज्यसंयन्त्र मधेसमा दमन र पहाडमा अकर्मण्यताद्वारा आफ्नै जनतार्ला हराएको खुसियाली मनाउँदैछ। अन्ततः हार्नेभन्दा जित्नेहरु नै त्यस्तो जितबाट तर्सिनुपर्नेहुन्छ। मुद्दा जीवित छन्। र, मधेसका बञ्चिजहरुसँग गुमाउनुपर्ने खासै केही छैन। मधेस त अझै लामो संघर्षको मनस्थितिमै छ। भारतीय भूमिकाका सीमितताहरु पुनः उजागर हुनु त्यसअर्थमा नकारात्मक भन्न मिल्दैन। मधेसको मुक्ति र मधेसीको आत्मसम्मान भारतीय संस्थापनले किस्तीमा सजाएर त दिन सक्दैन तर मधेसी मुद्दाप्रति नयाँ दिल्ली भविष्यमा अपेक्षाकृत बढी संवेदनशील हुनुपर्ने बाध्यात्मक परिस्थिति सुस्तरी बन्दै गइरहेको छ। काठमाडौंसँग निराशा एवं नयाँ दिल्लीसँगको मोहभंगले मधेसमा आत्मघाती तथा विध्वंशक अतिवाद जन्मिन सक्छ भन्ने जोखिम कसैले स्पष्ट शव्दमा नभने पनि अब नेपाल–भारतसम्बन्धको महत्वपूर्ण अवयव बन्न पुगेको छ। जटिल द्विपक्षीय सम्बन्धमा गाँठो थपिनु भारतीय संलग्नता बढाउने निम्तो हो। नयाँ दिल्लीलाई सायद प्रत्यक्ष हस्तक्षपेको आमन्त्रण दिएर प्रम ओली फर्केका छन्। आफ्नै खति अति राष्ट्रवादको स्वाभाविक परिणति हुनेगर्छ।

अंग्रेजी कथामा प्यान्डोराको बक्साबाट अन्ततः 'आश'भन्ने जिनिस निस्किन्छ। त्यो कुरा नयाँदिललीबाट प्रम ओलीले ल्याए वा ल्याएनन् भन्ने लक्षण अव उनले मधेसी मोर्चासँग गर्ने व्यवहारमा प्रकट हुनेछ।    – सीके लाल