Advertisement Banner
Advertisement Banner

३० शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आपूर्तिमन्त्रीले कालोबजारीलाई खबरदारी गरे

२८ शुक्रबार , भाद्र २०८१२ बर्ष अगाडि

आपूर्तिमन्त्रीले कालोबजारीलाई खबरदारी गरे

साल्ट ट्रेडिङ लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोहलाई गत बिहीवार काठमाडौंमा सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजारमा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्न काम भइरहेको भन्दै सरकार मुकदर्शक नहुने भनेर कालोबजारियाहरुलाई खबरदारी गरेका छन् ।
कुनै कुराको अभाव हुँदा ढुक्क भएर साल्ट ट्रेडिङ छ भन्ने वातावरण अझै पनि बनेको छैन । त्यस्तो वातावरण बनाउनु पर्छ । मन्त्रीले अगाडि भने– बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्न खोजिएको छ, विशेषगरी चिनी र चामलको, यसमा कर्पोरेशनले ध्यान दिनुपर्छ, सेवाग्राहीलाई सुलभ सेवा दिनुपर्छ ।
कृषिजन्य उत्पादनसँग जोडिएको छ, साल्ट ट्रेडि«ङ लिमिटेड, विस्तार हुन सक्नुपर्छ । ‘बढी गुणस्तरीय वस्तुको सहज उपलब्धता र बजारको आपूर्ति होस् भनेर सरकारले यस संस्थाबाट बढी आशा गरेको छ । दैनिक अत्यावश्यक वस्तुमा साल्ट ट्रेडिङलाई अझ बढी प्रभावकारी बनाउनु सोच्नुपर्ने भउको छ । साल्ट टे«डिङ जनतामा स्थापित ब्रान्ड हो, यो नामै काफी छ ।